काठमाडौं। सहरको कोलाहलबाट टाढा, ग्रामीण परिवेशको शान्त र आधुनिक सुविधाको सन्तुलन खोज्नेका लागि नयाँ गाउँ आवासीय परियोजना विशेष गन्तव्यका रूपमा प्रस्तुत भएको छ।
पेसागत विशिष्टता र विविधतायुक्त समुदायसँग जोडिँदै शान्त, रमणीय र रणनीतिक वातावरणमा जीवन तथा काम दुवैलाई अघि बढाउन चाहनेहरूका लागि यो परियोजना लक्षित गरिएको छ।

काभ्रे पाँचखाल–१० मा रहेको परियोजना प्रत्येक लहरसँग नयाँ अनुभूति दिने अवधारणामा आधारित छ, जहाँ नेपाली पेसाविद्हरूको मौलिक भेट सम्भव हुने वातावरण निर्माण गरिएको छ। कम्तीमा ३० फिट चौडा सडक, साइकल लेन र साइडवाकसहितको संरचनाले दैनिक आवतजावतलाई सहज बनाएको छ।
हरेक परिवारको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर नक्सांकन गरिएको योजनाबद्ध संरचना यस परियोजनाको विशेषता हो।
परियोजनामा कुल १४५ वटा प्लट समावेश छन्। यहाँ विद्युत् आपूर्ति, वाटर प्लान्ट, सिल्ड बाउन्ड्री तथा २४ सै घण्टा निगरानी र सुरक्षा व्यवस्थासहित सुरक्षित बसोबास सुनिश्चित गरिएको छ। क्याफे तथा रेस्टुरेन्ट, मिनी मार्ट, हरियाली खुला क्षेत्र र स्वीमिङ पुलजस्ता सुविधाले नयाँ गाउँलाई केवल आवासीय होइन, जीवनशैली परियोजनाका रूपमा स्थापित गरेको छ।

नयाँ गाउँको अर्को महत्त्वपूर्ण पक्ष भनेको घर खाली भएको अवस्थामा रिसोर्टका रूपमा प्रयोग गरी आम्दानी लिन सकिने सम्भावना हो। यसले बसोबाससँगै लगानीको अवसर पनि सिर्जना गरेको छ। डिजिटल प्रोफेसनलदेखि व्यवसायी, बैंकर, खेलकुद व्यक्तित्व, सेलिब्रिटी तथा नन–रेसिडेन्ट नेपालीलाई लक्षित विभिन्न वर्गअनुसारका प्लट परियोजनाभित्र उपलब्ध छन्।

परियोजनामा विभिन्न वर्ग लक्षित प्लट उपलब्ध गराइएको छ। डिजिटल प्रोफेसनलका लागि फायर ओपल, सेलिब्रिटीका लागि रुबी, बैंकरका लागि सफायर, वर्किङ प्रोफेसनलका लागि गोल्ड, खेलकुद व्यक्तित्वका लागि टान्जानाइट, व्यवसायीका लागि एमेराल्ड, नन–रेसिडेन्ट नेपालीका लागि टोपाज, परिवार तथा साथीहरूका लागि डायमन्ड र व्यावसायिक प्रयोजनका लागि रोज क्वाट्र्ज प्लट उपलब्ध छन्।
प्लटको मूल्य वर्गअनुसार फरक–फरक तोकिएको छ। आयोजनाभित्र ६ आना देखि १ रोपनीसम्मका १४५ वटा प्लटहरु छन । परियोजनाभित्र प्रतिआनाको मूल्य न्यूनतम ७ लाखदेखि अधिकतम ९ लाख ५० हजार रुपैयाँसम्म रहेको छ।

आधुनिक पूर्वाधार, समुदाय–केन्द्रित अवधारणा र शान्त वातावरणको संयोजनका कारण नयाँ गाउँ साँच्चै नयाँ अनुभूतिको प्रतीक बन्न खोजिरहेको छ। आजै रोज्ने, अहिल्यै जोडिने र भोलिको सुरक्षित भविष्य निर्माण गर्ने अवसरका रूपमा नयाँ गाउँलाई हेरिएको छ।