काठमाडौं। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित सत्ता समीकरणबाट बनेको सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते आगामी वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट सार्वजनिक गरे।
दुई तिहाईको सरकारले ल्याएको बजेटमा प्रभावशाली नेता, मन्त्रीहरु र स्वयम बजेट भाषण गर्ने अर्थमन्त्रीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी क्षेत्रमा कति बजेट विनियोजन भयो? भन्ने चासोको विषय हो।
अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८२/८३ अनुसार प्रधानमन्त्रीको गृहजिल्ला झापामा ७ अर्ब ८६ करोड ४१ लाख रुपैयाँ बजेट परेको छ। जसमध्ये नगरपालिकाले ५ अर्ब २१ करोड ५७ लाख पाउँदा गाउँपालिकाले २ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ बजेट पाएको हो।
प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन्। विनियोजित बजेटमध्ये मेची नगरपालिकाले सबैभन्दा बढी १ अर्ब १० करोड ७१ लाख रुपैयाँ बजेट पाएको छ। सबैभन्दा कम गौरदह नगरपालिकाले ४१ करोड ३४ लाख रुपैयाँ बजेट पाएको हो।
प्रधानमन्त्रीको गृहजिल्ला झापाको गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट पाउनेमा कमल गाउँपालिकाले ४८ करोड ४१ लाख पाउँदा सबैभन्दा कम हल्दिबारी गाउँपालिकाले ३२ करोड ३४ लाख रुपैयाँ बजेट पाएको हो। प्रधानमन्त्री ओलीले आफ्नो नगरपालिकालाई सबैभन्दा बढी बजेट छुट्याउन लगाएको देखिन्छ। झापा भौतिक, पूर्वधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको समेत गृहजिल्ला हो।
काठमाडौं जिल्लामा रहेका १० नगरपालिकामध्ये सबैभन्दा बढी चन्द्रागिरी नगरपालिकालाई ८१ करोड १९ लाख र सबैभन्दा कम दक्षिणकाली नगरपालिकालाई ३५ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशनमान सिंहको गृहजिल्ला र स्वास्थ्यमन्त्री प्रदिप पौडलको निर्वाचन क्षेत्र काठमाडौंमा ९ अर्ब १९ करोड ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। जसमध्ये काठमाडौं महानगरपालिकालाई २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ, नगरपालिकालाई ५ अर्ब ८५ करोड ५२ लाख बजेट विनियोजन गरिएको छ। काठमाडौं जिल्लामा रहेका १० नगरपालिकामध्ये सबैभन्दा बढी चन्द्रागिरी नगरपालिकालाई ८१ करोड १९ लाख र सबैभन्दा कम दक्षिणकाली नगरपालिकालाई ३५ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
एमाले नेतासमेत रहेका अर्थमन्त्री पौडेलको गृहजिल्ला रुपन्देहीलाई ९ अर्ब ८० करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। यो सबैभन्दा बढी बजेट पाउने जिल्ला बनेको छ। जसमध्ये उपमहानगरलाई ८४ करोड ८३ लाख, नगरपालिकालाई ५ अर्ब ३२ करोड ८१ लाख रुपैयाँ, गाउँपालिकालाई १३ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।
उनको गृहजिल्लामा एउटा उपमहानगर, ५ वटा नगरपालिका, १० वटा गाउँपालिका रहेको छ। उनले नगरपालिकामध्ये सबैभन्दा बढी तिलोत्तमा नगरपालिकालाई १ अर्ब ५१ करोड १६ लाख, दोस्रोमा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई १ अर्ब ८ करोड १० लाख बजेट विनियोजन गरेका हुन्। साथै गाउँपालिकातर्फ सबैभन्दा बढी सियारी गाउँपालिकालाई ४४ करोड ६९ लाख बजेट छुट्याउँदा सबैभन्दा कम ओमशतिया गाउँपालिकालाई २८ करोड ११ करोड बजेट विनियोजन गरेका छन्।

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको गृहजिल्ला लमजुङलाई ३ खर्ब १७ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। जसमध्ये नगरपालिकालाई १ अर्ब ८९ करोड ८४ लाख र गाउँपालिकालाई १ अर्ब २७ करोड ९२ लाख बजेट विनियोजन भएको छ। लमजुङमा ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको छ।
गृहमन्त्री रमेश लेखकको गृहजिल्ला कञ्चनपुरले ३ अर्ब ९७ करोड ९५ लाख बजेट पाएको छ। जसमध्ये नगरपालिकाले ३ अर्ब ३८ करोड ५१ लाख र गाउँपालिकाले ५९ करोड ४४ लाख बजेट पाएको छ। कञ्चनपुरमा ७ वटा नगरपालिका र २ वटा गाउँपालिका रहेका छन्।
श्रम तथा सामाजिक सुरक्षामन्त्री शरदसिहं भण्डारीको गृहजिल्ला महोत्तरीमा ५ अर्ब ६९ करोड ३७ लाख बजेट विनियोजन गरिएको छ। जसमध्ये नगरपालिकालाई ४ अर्ब २५ करोड ३७ लाख र गाउँपालिकालाई १ अर्ब ४४ करोड बजेट विनियोजन गरेको छ। महोत्तरीमा १० वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको निर्वाचन क्षेत्र रहेको जिल्ला कैलालीले ७ अर्ब ११ करोड १८ लाख बजेट पाएको छ। जसमध्ये ९९ करोड ९ लाख उपमहानगरपालिका, ३ अर्ब १६ करोड ८८ लाख नगरपालिका र २ अर्ब ९५ करोड २१ लाख गाउँपालिकाले बजेट पाएको हो। कैलालीमा १ वटा उपमहानगर, ६ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन्।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रघुजी पन्तको गृहजिल्ला ललितपुरमा ३ अर्ब २८ करोड ७५ लाख बजेट विनियोजन भएको छ। ललितपुरको महानगरमा १ अर्ब २० करोड ८५ लाख, नगरपालिकामा १ अर्ब १४ करोड ७० लाख र गाउँपालिकामा ९३ करोड २० लाख बजेट परेको छ। ललितपुरमा १ वटा महानगर, २ वटा नगरपालिका र ३ वटा गाउँपालिका रहेका छन्।

खानेपानी मन्त्री प्रदीप यादव एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको गृहजिल्ला पर्सामा ५ अर्ब १७ करोड ३७ लाख विनियोजन भएको छ। जसमध्ये जिल्लाको १ महानगरलाई १ अर्ब ३७ करोड ३ लाख, ३ नगरपालिकालाई १ अर्ब १० करोड २३ लाख र १० वटा गाउँपालिकालाई २ अर्ब ७० करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको गृहजिल्ला कपिलवस्तुमा ५ अर्ब ३० करोड ४५ लाख बजेट विनियोजन भएको छ। जसमध्ये नगरपालिकालाई ३ अर्ब ६४ करोड ५० लाख र गाउँपालिकालाई १ अर्ब ६५ करोड ९५ लाख विनियोजन भएको छ। यो जिल्लामा ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेको छ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको गृहजिल्ला संखुवासभाको लागि ३ अर्ब ४४ करोड ८६ लाख बजेट विनियोजन भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको गृहजिल्ला बैतडी ३ अर्ब ८६ करोड ६१ लाख बजेट विनियोजन भएको छ। जसमध्ये जिल्लाका ४ नगरपालिकालाई १ अर्ब ८७ करोड १९ लाख र ६ गाउँपालिकालाई १ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन भएको हो।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीको गृह जिल्ला सप्तरीमा ६ अर्ब ८३ करोड ७१ लाख विनियोजन भएको छ। जसमध्ये जिल्लाको १० नगरपालिकालाई ४ अर्ब २५ करोड ५८ लाख र ९ गाउँपालिकालाई २ अर्ब ५८ करोड १३ लाख रुपैया विनियोजन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको बैतडी ३ अर्ब ८६ करोड ६१ लाख विनियोजन भएको छ। जसमध्ये जिल्लाका ४ नगरपालिकालाई १ अर्ब ८७ करोड १९ लाख र ६ गाउँपालिकालाई १ अर्ब ९९ करोड ८२ लाख रुपैया विनियोजन गरिएको छ।
कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीको धादिङमा ५ अर्ब ४३ लाख बजेट परेको छ। जसमध्ये नगरपालिकालाई १ अर्ब ८ करोड ६९ लाख र गाउँपालिकालाई ३ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ बजेट परेको हो। धादिङमा दुई वटा नगरपालिका र ११ वटा गाउँपालिका रहेका छन्। गाउँपालिकामध्ये सबैभन्दा बढी बेनिघाट रोराङ गाउँपालिकालाई ४९ करोड ७ लाख र सबैभन्दा कम रुवीभ्याली गाउँपालिकालाई २१ करोड ९५ लाख बजेट विनियोजन गरेको छ।
रक्षा मन्त्री मानवीर राईको सोलुखुम्बुमा २ अर्ब ६८ करोड २४ लाख विनियोजन भएको छ। जसमध्ये जिल्लाको १ नगरपालिकालाई ५३ करोड ६४ लाख र ७ वटा गाउँपालिकालाई २ अर्ब १४ करोड ६० लाख रुपैया बजेट विनियोजन भएको छ।
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको गृहजिल्ला संखुवासभाको लागि ३ अर्ब ४४ करोड ८६ लाख बजेट विनियोजन भएको छ। जसमध्ये नगरपालिकाको लागि २ अर्ब ६ करोड ८४ लाख र गाउँपालिकाको लागि १ अर्ब ३७ करोड ६२ लाख बजेट विनियोजन गरिएको हो। संखुवासभामा ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको छ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको गृहजिल्ला मुगुमा ५ अर्ब ५७ करोड १५ लाख विनियोजन भएको छ। जसमध्ये १ नगरपालिकालाई ४३ करोड ८६ लाख र ३ गाउँपालिकालाई १ अर्ब १३ करोड १९ लाख विनियोजन भएको छ।
पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको गृहजिल्ला कैलालीमा ७ अर्ब ११ करोड १८ लाख बजेट विनियोजन भएको छ। जसमध्ये जिल्लाको १ उपमहानगरलाई ९९ करोड ९ लाख, ६ वटा नगरपालिकालाई ३ अर्ब १६ करोड ८८ लाख र ६ वटा गाउँपालिकालाई २ अर्ब ९५ करोड २१ लाख बजेट विनियोजन भएको छ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विकको गृहजिल्ला कपिलवस्तुलाई ५ अर्ब ३० करोड ४५ लाख विनियोजन भएको छ। जसमध्ये ६ नगरपालिकाको लागि ३ अर्ब ६४ करोड ५० लाख र ४ वटा गाउँपालिकाको लागि १ अर्ब ६५ करोड ९५ लाख बजेट विनियोजन भएको छ।
ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको गृहजिल्ला म्याग्दीमा २ अर्ब १३ करोड ४० लाख विनियोजन भएको छ। जिल्लाको १ नगरपालिकाका लागि ५० करोड ३९ लाख र ५ वटा गाउँपालिकाको लागि १ अर्ब ६३ करोड १ लाख बजेट विनियोजन भएको छ।