नेपाल धितोपत्र बोर्ड (सेबोन) को ३३औं वार्षिक उत्सव मनाउँदै छौं। वर्षको गणना केवल कति समय बित्यो भनेरमात्रै गर्नु हुँदैन। विगतको ३३ वर्षमा नेपालको पुँजीबजार विकासमा धितोपत्र बोर्डले के कस्ता भूमिका निर्वाह गर्यो? के कस्ता उपलब्धि आर्जन गर्यो? सुरक्षाहरु कहाँ रहे? कमीहरु के रहर्याे? कमीहरु के भए? आउने दिनमा नेपाल धितोपत्र बोर्डको भूमिकालाई प्रभावकारी बनाउनका लागि यसको नियामकीय भूमिकालाई सशक्त बनाउनको लागि र नेपालको पुँजीबजारलाई अत्यन्तै विश्वासनीय, पारदर्शी र छिमेकी मुलुकहरु र अन्तर्राष्ट्रिय अभ्यासलाई तुलना गर्दा उत्कृष्ट अभ्यासमा अभ्यस्त रहेको पुँजीबजारको रुपमा हाम्रो देशको पुँजी बजारलाई कसरी निजी क्षेत्रको भूमिकासँग केन्द्रित भएर इच्छा प्रकट र विचार विर्मश भएको छ।
सरकारले पुँजीबजारलाई कसरी हेरिरहेको छ? पुँजी बजारको नियमनकारी निकाय र संस्थाहरुप्रति उनीहरुले कसरी काम गरिरहेको छन्। सबैलाई जानकारी नै भएको विषय हो। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहँदा सरकारले निश्चित प्रकारको रिफर्म सुधारको अपेक्षा यस क्षेत्रमा गरेको छ।
स्वाभाविक रुपमा धितोपत्र बोर्ड एउटा पुँजीबजारको सर्वाधिक महत्वपूर्ण नियामक निकाय भएको हुनाले यस संस्थाप्रति २ प्रकारका प्रयासहरु हुन सक्छन्। एउटा यो संस्थालाई प्रभावमा पार्ने, अर्को यो संस्थालाई दबाबमा पार्ने।
हामीले मुख्य रुपमा धितोपत्र बोर्डको भूमिकालाई गुणात्मक रुपमा सुधार गर्न चाहेका छौं। यसको भूमिकालाई नियमसंगत उठाउन चाहेका छौं। खासगरी नियमनको काममा दुई वटा चिज हुन्छ। गल्ती गर्नेहरुलाई गल्ती गर्न नदिने र गल्ती गर्नेलाई दण्डित गर्नुपर्यो। राम्रो गर्नेहरुलाई सघाउने गर्नुपर्यो। यस्तै,राम्रो कामलाई प्रोत्साहन गर्ने, राम्रो कामको निमित्त अनुकुल वातावरण निर्माण गर्ने एउटा पाटो हो भने, गल्तीकमजोरीहरुलाई नियन्त्रण गर्ने वा आवश्यकताअनुसार दण्डित गर्ने अर्को पाटो हो।
स्वाभाविक रुपमा धितोपत्र बोर्ड एउटा पुँजीबजारको सर्वाधिक महत्वपूर्ण नियामक निकाय भएको हुनाले यस संस्थाप्रति २ प्रकारका प्रयासहरु हुन सक्छन्। एउटा यो संस्थालाई प्रभावमा पार्ने, अर्को यो संस्थालाई दबाबमा पार्ने।
कुनै पनि प्रकारको प्रभाव र दबाबबाट माथि उठेर नेपालको पुँजीबजारलाई विश्वसनीय र पारदर्शी ढंगले निर्देशित गर्ने र गल्ती गर्नेलाई दण्डित गर्ने गर्नुपर्छ। यसका निम्ति यो संस्थाको भूमिका महत्वपूर्ण हुनेछ। संस्थाको अध्यक्ष सन्तोष नारायणको टिमले प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास छ। पुँजीबजारको सन्दर्भमा विभिन्न टिप्पणीहरु समय–समयमा हुने गरेका छन्।
स्वाभिक रुपमा धितोपत्र बोर्ड एउटा पुँजीबजारको सर्वाधिक महत्वपूर्ण नियामक निकाय भएको हुनाले यस संस्थाप्रति २ प्रकारका प्रयासहरु हुन सक्छन्। एउटा यो संस्थालाई प्रभावमा पार्ने, अर्को यो संस्थालाई दबाबमा पार्ने।
पुँजीबजारलाई अर्थतन्त्रको ऐना भनिने हुनाले पनि हामीले राम्रो र उज्वल भविष्य देख्न सक्ने हुनुपर्छ।
त्यो कारोबारमा पारदर्शीताको प्रश्न होस् विभिन्न वर्गका कर्नरिङ, इन्साइडर ट्रेडिङका कुराहरु हुन्। त्यस्ता चिजहरु कही पनि कुनै पनि देखा परे भने त्यसप्रति यो संस्थाले सुन्ने सहनशिलता लिनुपर्छ। कुनैपनि प्रकारका बेथितिहरु, कुनैपनि प्रकारका अनियमितताहरु, कुनै पनि प्रकारका अपारदर्शीताहरु क्रियाकलापहरु हुने छैन र हुन पाउने छैन भन्ने अठोटका साथमा बोर्डले आफ्नो काम कारबाहीहरू अघि बढाउँनुपर्छ।
सबै लगानीकर्ताहरुले भरोसा र विश्वासका साथ लगानी गर्न सक्ने वातावरण बोर्डले बनाउनुपर्छ। लगानीकर्तालाई लगानी गर्न? कहाँ नगर्ने? त्यो सहजताकाे पनि आवश्यकता पर्छ। त्यसमा पनि बोर्डले भूमिका निर्वाह गरोस्। पुँजीबजारमा नयाँ–नयाँ धितोपत्र औजारहरुमा प्रयोग भइरहेका छन्। बोर्डले आफ्नो के कस्ता औजारहरु प्रयोगमा ल्याउन सक्छौं? यसका निम्ति पनि काम गर्ने, आवश्यक नयाँ उपकरणहरुको प्रयोगलाई पनि प्रर्वद्धन गर्न चाहने दृष्टिकोण पनि लिनुपर्छ।
पुँजीबजारलाई अर्थतन्त्रको ऐना भनिने हुनाले पनि हामीले राम्रो र उज्वल भविष्य देख्न सक्ने हुनुपर्छ। त्यहीअनुसार बोर्ड बजार व्यवस्थापनको काममा लाग्नुपर्छ। आगामी दिनमा बोर्डको भूमिका सशक्त हुनेछ भन्ने आशा गरेका छौं।
बोर्ड भूमिकाको हैसियतले कामको हैसियतले परिणाम, पारदर्शीता,सुशासन र निष्पक्षताकाे हिसाबले बोर्डले आफूलाई उन्नत संस्थाको रुपमा स्थापित गर्नेछ। यस हिसाबले अघि बढ्नको लागि नेपाल सरकारको अर्थमन्त्रालयको साथ, समर्थन र सहयोग रहने छ भन्ने विश्वास दिलाउँछु।
नेपाल धितोपत्र बोर्डको ३३औं वार्षिक उत्सवको अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको मन्तव्यको सार: