काठमाडौं। चितवनको सौराहामा रहेको जंगल सफारी लजले मनसुन अफर ल्याएको छ। बर्खायाममा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै जंगल सफारी लजले २५ हजार रुपैयाँमा २ जनालाई २ रात ३ दिनको प्याकेजमा सौराहा घुम्न जाने अफर ल्याएको हो।
आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ मनसुन अफ ल्याएको लजका कार्यकारी दिर्नेशक सुमन घिमिरेले जानकारी दिए।प्याकेजमा योजनामा सहभागी हुनेले जीप सफारी, डुंगा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउने छन्।
यस्तै, प्याकेजमा दुई लन्च, डीनर र ब्रेकफास्ट पनि उपलब्ध हुने छ। सरप्राइज गिफ्टसमेत दिइने जनाएको छ।
‘हामीले आन्तरिक पर्यटकलाई लक्षित गरेर यो योजना ल्याएका हौ,’ घिमिरले भने, ‘सस्तोमा पूर्ण वातानुकुलित कोठा र स्विमिङ्ग पुल सुविधा रहेको होटेलमा सौराहाको सबै गतिविधिमा सहभागी हुन पाइने छ।’
उनले सौराहालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि विभिन्न प्याकेज योजना ल्याएको जानकारी दिए।
‘हामीले प्रत्येक मौसमलाई लक्ष्य गरेर सौराहामा १२ महिना घुम्न सकिने गन्तव्यको रुपमा चिनाउन खोजेका छौँ,’ घिमिरेले भने, ‘यही अवधारणाअनुसार मनसुन अफर ल्याएका हौँ।’
यो योजना २०८२ असार १ देखि भदौ ३० गतेसम्म लागू हुने होटेलले जनाएको छ। मनसुन अफरमा सभा तथा सेमिनार जस्ता कार्यक्रममा पनि विशेष छुट दिने होटलले जनाएको छ।