काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले आफनो २१ महिनाको कार्यकालमा माछापुच्छे बैंकले उत्साहजनक प्रगति हासिल गरेको बताएका छन ।
चैत १ गतेदेखि माछापुच्छेबाट बाहिरिएका शर्माले निक्षेप परिचालन, कर्जा लगानी र डिजिटल बैंकिङ्गमा उत्साहजनक प्रगति गरेको जानकारी दिएका हुन ।
महतो र केसी ग्रुपको चेपुवामा सुमन शर्मा, छाडे माछापुच्छ्रे बैंक
उनले आफनो २१ महिनाको छोटो कार्यकालमा निक्षेप परिचालन ४८ प्रतिशत, कर्जा प्रवाहमा ४५ प्रतिशत, कर्जा लिने ग्राहकको संख्या ६८ प्रतिशत, निक्षेपकर्ताको संख्यामा ५५ प्रतिशत क्रेडिटकार्डमा २८८, ७१५ प्रतिशत पीओएसमा, मोवाइल बैंकिङ्गमा ११२ प्रतिशत, डेविट कार्डमा ८६ प्रतिशत र इन्टरनेट बैंकिङ्गमा ८७ प्रतिशत वृद्धि भएको जानकारी गराएका छन ।
अन्य क्षेत्रमा राम्रो वृद्धि गरे पनि चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा खुदनाफामा ११ करोड रुपयाँ गिरावट आएको उनले बताएका छन । दोस्रो त्रैमाशमा ८८ प्रतिशत लक्ष्य हासिल भएको र यो वर्ष बैंकको नाफा १ अर्ब ९१ करोड रुपैयाँ पुग्ने जानकारी दिएका छन ।
आर्थिक गतिविधि सुस्त हुनुका साथै ६८ ओटा नयाँ शाखा खोलेकाले लागत बढेको उनले जानकारी दिएका छन ।
उनले छोटो अवधिमा उत्तम बैंकिङ्ग अभ्यास गरेकाले आफु सन्तुष्ठ रहेको बताएका छन ।