काठमाडौं। टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ।
टेस्लाले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखेको एक पोस्टमा भनिएको छ, 'यो परियोजनाले ग्रिड संशाधनको लचिलो समायोजनमा मद्दत गर्ने छ र शहरी विद्युत आपूर्तिसँग सम्बन्धित दबाब प्रभावकारी रूपमा समाधान गर्ने छ।'
टेस्लाले भनेको छ, 'यो परियोजना चीनको सबैभन्दा ठूलो ग्रिड साइड ऊर्जा भण्डारण परियोजना बन्ने अपेक्षा गरिएको छ।'
यस्ता ऊर्जा भण्डारण प्रणालीहरूले सौर्य र वायु ऊर्जाको अधिक आपूर्ति भएको समयमा विद्युत ग्रिडमा स्थिरता बढाउन मद्दत गर्दछ।
टेस्ला सांघाईका अधिकारी र चाइना काङफु इन्टरनेसनल लिजिङ कम्पनीबीच शुक्रबार उक्त परियोजनाका लागि हस्ताक्षर समारोह सम्पन्न भएको चिनियाँ सञ्चार माध्यम यिकाइले जनाएको छ।
उक्त सम्झौतामा चार अर्ब युआन (५६ करोड अमेरिकी डलर)को लगानी समावेश गरिएको बताइएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिपछि दुवै पक्षले दीर्घकालीन व्यापार सम्झौता गर्न बाँकी रहेका बेला वासिङ्टन र बेइजिङबीच तनाव उत्पन्न भएको बेला यो सम्झौता भएको हो।
चीन र अमेरिकाले यसै महिनाको सुरुमा यस परियोजनाका लागि लण्डनमा ‘फ्रेमवर्क’ सम्झौतामा वार्ता गरेका थिए।