काठमाडौं। नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा आएको तीव्र वृद्धिले चिनियाँ अटोमोबाइल बजारमा ठूलो फाइदा पुर्याएको छ। एक समय भारतीय सवारी साधनको बर्चस्व रहेको बजारमा अहिले चिनियाँ ब्रान्डको दबदबा छ।
केही वर्ष अगाडिसम्म नेपालका सडकमा पेट्रोल र डिजेलका गाडीहरु मात्र देखिन्थे। तर, अहिले सडकमा विद्युतीय गाडीहरुको संख्या बढ्दो छ। यो परिवर्तनले नेपाललाई वातावरणमैत्री बनाउन मद्दत गरेको छ। अर्काेतर्फ यसले चीनलाई ठूलो फाइदा पुर्याएको छ।
नेपालमा चीनले विद्युतीय सवारी साधनको बजारमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। नेपालमा उपलब्ध अधिकांश विद्युतीय सवारी साधन चिनियाँ कम्पनीले उत्पादन गरेका हुन्। बिवाईडी, एमजी, ओमोडा, चेरी, लिपमोटरलगायत ब्रान्डका गाडी अहिले नेपाली बजारमा लोकप्रिय छन्।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्नुमा चीनको प्रविधि र उत्पादनको ठूलो हात छ। चीनले कम मूल्यमा प्रिमियम फिचरका गाडीहरू बनाउन सफल भएको छ। यसले नेपाली उपभोक्ताका लागि विद्युतीय गाडी किन्न सजिलो भएको छ। चीनले गाडीहरूको मूल्य घटाउनुका साथै यसमा प्रयोग हुने ब्याट्री र प्रविधिमा पनि निरन्तर सुधार गरिरहेको छ।
भारतबाट नेपालमा पेट्रोल र डिजेल गाडीको आयातमा बर्चस्व रहेको थियो।
चीनले नेपालमा ठूलो संख्यामा विद्युतीय गाडी निर्यात गर्छ। यसले चीनको आर्थिक वृद्धिमा सहयोग पुर्याएको छ। चीनले नेपाललाई आफ्नो प्रविधि र उत्पादनको परीक्षण र बजार विस्तार गर्ने अवसरको रुपमा प्रयोग गरेको छ।
नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न कर र भन्सार शुल्कमा छुट दिएको छ। यसले पनि चिनियाँ गाडीका लागि नेपालमा बजार विस्तार गर्न सजिलो भएको छ।
कहिलेदेखि चीनको बर्चस्व? भारत कसरी पछि पर्यो?
पछिल्लो समय ईभी आयातले आईसिई इञ्जिन सवारी साधनको आयातलाई धेरै पछाडि पारेको छ। भारतबाट नेपालमा पेट्रोल र डिजेल गाडीको आयातमा बर्चस्व रहेको थियो। तर, नेपालमा विद्युतीय सवारी साधनमा सरकारले दिएको कर छुट र ग्राहकको बढ्दो आकर्षणका कारण चीनले यस क्षेत्रमा तीव्र रूपमा बजार विस्तार गरेको छ।
विद्युतीय सवारी साधनको आयातमा चीनको प्रभाव बढेसँगै भारतबाट आयात हुने पेट्रोल र डिजेल गाडीको संख्या घटेको छ। यसले गर्दा समग्र सवारी साधन आयातमा भारतपछि परेको देखिन्छ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालले १९ हजार ८९५ युनिट चार पांग्रे सवारी साधन आयात गरेको थियो। जसमा कार, यात्रुवाहक बस र मिनीबस समावेश थिए। आयात भएकामध्ये ९३ प्रतिशत भारतबाट आयात भएको थियो।
नेपाली बजारमा गत आर्थिक वर्ष २२ हजार सवारी साधन आयात भएका थिए। जसमा ईभीमा चीनको हिस्सा बढी थियो।
यीमध्ये १८ हजार ६८१ युनिट भारतबाट आयात भएको थियो। चीनबाट ४५ युनिट आयात भएको थियो। चीनको हिस्सा ०.२३ प्रतिशत थियो। कुल सवारी साधन आयातमा ९३ प्रतिशत हिस्सा भारतको रहेको थियो। त्यसको तीन वर्षमा पनि बजार हिस्सा लगभग उस्तै रह्यो। तर, २०२२/२३ पछि अहिले भने यसको आयातमा धेरै परिवर्तन भएको छ।
विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा आइपुग्दा चीनको हिस्सा बढी रहेको छ। नेपाली बजारमा गत आर्थिक वर्ष २२ हजार सवारी साधन आयात भएका थिए। जसमा ईभीमा चीनको हिस्सा बढी थियो। डिजेल पेट्रोलमा भारततको बजारको हिस्सा बढी रहेको छ।
ईभीको आयात बढेपछि भारत र चीनको रोचक प्रतिस्पर्धा
नेपाली अटो बजारमा लामो समय भारतको बर्चस्व रहँदै आएको थियो। तर, पछिल्लो समय ईभीको बढ्दो मागका कारण ठूलो परिवर्तन आएको छ। भारतलाई पछि पार्दै चीनअघि लागेको छ। परम्परागत इन्धनबाट चल्ने गाडीको बजारमा भने अहिले पनि भारतकै बर्चस्व छ।
भारतीय ब्रान्डमा टाटा, महिन्द्रा र सुजुकी अगाडि छन्। हुन्डाई कोरियन कम्पनी भए पनि भारतमै उत्पादन भएर नेपालमा आइरहेका छन्। पछिल्लो समय सबै ब्रान्डले विद्युतीय गाडी उत्पादन गर्छन्। सुजुकीले यो वर्ष विद्युतीय गाडी नेपालमा ल्याएर प्रदर्शनी गरिसकेको छ। टाटा, महिन्द्रा, हुन्डाई जस्ता ब्रान्डले विभिन्न मोडल बिक्री गरिरहेकै छन्।
यसो हुनुमा प्रतिस्पर्धी मूल्य मुख्य कारण हो। भारतमा पुराना अटोमोबाइल उत्पादक टाटा तथा महिन्द्राले बजारमा ईभी गाडी ल्याएका छन्।
चिनियाँ ब्रान्ड बिवाईडी, ओमोडा, जेको, डोङफेङ नामी, दीपल, केई, आयोन, स्काईवेल लगायतका चार पांग्रे गाडी बढी बिक्री भइरहेका छन्। चार पांग्रेमा दुई तिहाई बजार चिनियाँ ब्रान्डले ओगटेका छन्।
पछिल्लो पाँच वर्षमा भारत र चीनबाट आयात गरिएका चार पांग्रे सवारीको मूल्य (रु करोडमा)
| आर्थिक वर्ष |
भारत |
चीन |
| २०७७/७८ |
१३४६ |
५१ |
| २०७८/७९ |
१६९ |
२७४ |
| २०७९/८० |
८०४ |
४६१ |
| २०८०/८१ |
१०९८ |
२३१९ |
| २०८१/८२ |
११७१ |
२६२५ |
२०७६/७७ मा चार पांग्रे विद्युतीय सवारी साधन ५७४ युनिट आयात थियो। तर, आर्थिक वर्ष २०८१/८२ सम्ममा आइपुग्दा यसको आयात ह्वात्तै बढेको छ। कुल आयातको ७० प्रतिशत ईभी रहेको छ। नेपाली बजारमा थोरै समयमा ईभीले ठुलो फड्को मारेको छ।
पछिल्लो पाँच वर्षमा ईभीको आयात भारत, चीन र अन्य
| आर्थिक वर्ष |
भारतबाट आयात |
चीनबाट आयात |
अन्य |
| २०७७/७८ |
७०० युनिट |
९३४ युनिट |
२६५ |
| २०७८/७९ |
६९६ युनिट |
८२३ युनिट |
२८७ |
| २०७९/८० |
२२७७ युनिट |
१३७१ युनिट |
४०२ |
| २०८०/८१ |
३३७७ युनिट |
८२६५ युनिट |
२५९ |
| २०८१/८२ |
३२४६ युनिट |
१३३३४ युनिट |
११६ |
| २०८२/८३ हालसम्म |
६२६ युनिट |
२५६१ युनिट |
३०१ |
वर्ष २०८१/८२ मा चीनबाट मात्रै १३ हजार ३३४ युनिट भारतबाट तीन हजार २४६ युनिट र अन्य देशबाट ११६ यनिट ईभी आयात भएको थियो। आव २०८०/८१ मा चीनबाट मात्रै आठ हजार ६५ युनिट ईभी नेपाल भित्रिए। दोस्रो नम्बरमा भारत छ। यस मुलुकबाट तीन हजार ३७७ युनिट ईभी आएको देखिन्छ। यस वर्ष तेस्रो मुलुकबाट २५९ ईभी आएका छन्।
आर्थिक वर्ष २०७९/८० मा कुल चार हजार ५० ईभी नेपाल आएका थिए। जसमध्ये चीनबाट एक हजार ३७१ युनिट र भारतबाट दुई हजार २७७ युनिट आएका थिए। कोरियाबाट ३८१ र अन्य मुलुकबाट २१ युनिट गाडी आएको तथ्यांकमा उल्लेख छ।
आव २०७८/७९ मा नेपालमा भारत र चीनबाट आउने गाडीमा प्रतिस्पर्धा जस्तै थियो। चीनबाट ८२३ ईभी आएकोमा भारतबाट ६९६ युनिट आएका थिए। यसबाहेक कोरियाबाट १८४, जापानबाट ७८, अमेरिकाबाट २५ र फ्रान्सबाट एउटा गाडी आएको थियो।
यो तथ्यांकअनुसार पछिल्ला दिनमा चीनले भारतलाई तीव्र गतिमा उछिनेको देखिन्छ। यसो हुनुमा प्रतिस्पर्धी मूल्य मुख्य कारण हो। भारतमा पुराना अटोमोबाइल उत्पादक टाटा तथा महिन्द्राले बजारमा ईभी गाडी ल्याएका छन्।
नेपालमा चीन र भारतबाहेक कोरिया, अमेरिका, फ्रान्स, जापान लगायत मुलुकमा बनेका ईभीसमेत भित्रिएका छन्। तर, तिनको हिस्सा सानो छ।