काठमाडौं। नेपालमा राइड सेयरिङ सेवा सार्वजनिक यातायातको विकल्पका रूपमा लोकप्रिय हुँदै गएको भए पनि यसको सुरक्षा अझै पूर्ण रूपमा सुनिश्चित भइसकेको छैन। नेपालमा सञ्चालित राइड सेयरिङ सेवा पठाओ, इनड्राइभ, याङ्गोलगायतका एपमार्फत यात्रा गर्ने यात्रुले सुरक्षासम्बन्धी गम्भीर समस्या झेल्नु परेको गुनासो बढ्दै गएको छ।
विशेष गरी, महिला यात्रुले यात्राका क्रममा कुनै सेवा चित्त नबुझेर वा चालकको व्यवहारका कारण कम्पनीमा उजुरी गर्दा उल्टै चालकबाट महिला यात्रुको व्यक्तिगत विवरण दुरुपयोग गर्ने गरेका छन्। सेवाप्रदायक कम्पनीमा कुनै असन्तुष्टि वा चालकको दुर्व्यवहारबारे कम्प्लेन गरेपछि केही चालकले यात्रुको व्यक्तिगत विवरण लिएर आफ्ना साथीमार्फत धम्की, थर्काइ र अनावश्यक दबाब सिर्जना गर्ने गरेको पीडित महिलाले गुनासाे गर्दै आएका छन्।
यात्रुले एपमार्फत वा कम्पनीको ग्राहक सेवामा कल गरेर कुनै चालकको विषयमा गुनासो दर्ता गर्दा, उक्त चालकले आफ्नो पहुँच वा अन्य माध्यमबाट महिला यात्रुको नाम, फोन नम्बर र यात्राको विवरण पत्ता लगाउने गर्छन्। जुन विवरणको आधारमा यात्रुको व्यक्तिगत विवरण अनधिकृत रूपमा सार्वजनिक गर्ने र त्यसका आधारमा धम्की तथा थर्काउने गरेको पाइएको हो।
चालकले बढी भाडा लिने दुर्व्यवहार गर्नेलगायतका कम्प्लेन यांगोमा आइरहेका हुन्छन्। यसलाई एकदमै गम्भीर रुपमा लिने गरेको यांगोका प्रबन्ध निर्देशक अर्जुन केसी बताउँछन्।
यात्रुसँग बढी भाडा लिने वा दुर्व्यवहार गरेको कम्प्लेन पठाओ, इनड्राइभ, यांगो सबैमा आउने गरेको कम्पनीको भनाइ छ।
‘चालकले बढी भाडा लिने दुर्व्यवहार गर्ने लगायतका कम्प्लेनहरु यांगोमा आइरहेका हुन्छन्। यसलाई एकदमै गम्भीर रुपमा लिने गरेका छौं,’ उनले भने, ‘यस्तो केसमा हामीले चालकलाई केसको लेभर हेरेर सस्पेन्ड गछौं। यस्तो केसमा लेभल हेरेर कारबाही गर्ने गरेका छौं।’ कस्तो खालको केस हो त्यो हेरेर कति घन्टा सस्पेन्ड गर्ने हो, जरिवाना कति गर्ने हो वा लाइफटाइम सस्पेन्ड गर्ने त्यसको लागि एकदमै गम्भीर एक्सन लिने गरेको उनको भनाइ छ।
सार्वजनिक यातायातको विकल्पको रुपमा नेपालमा दर्जन बढी राइड सेयरिङ सेवा प्रदायक सञ्चालनमा छन्। जसको मोडालिटी फरकफरक छ। यात्रुसँग बढी भाडा लिने वा दुर्व्यवहार गरेको कम्प्लेन पठाओ, इनड्राइभ, यांगो सबैमा आउने गरेको कम्पनीको भनाइ छ।
पीडित महिलाका अनुसार गुनासोको बदलामा चालकले ती व्यक्तिगत विवरण अन्य सहकर्मी वा साथी चालकको समूहमा बाँड्ने गरेका छन्। यसपछि ती चालकले सिधै यात्रुलाई फोन गरेर अपशब्द प्रयोग गर्ने, धम्की दिने र मानसिक तनाव दिने गरेका छन्। त्यसले महिला यात्रुको गोपनीयता र सुरक्षामाथि गम्भीर प्रश्न उठेकाे छ।
उजुरी गर्दा चालकबाटै धम्की र गोपनीयताको दुरुपयोग
नेपालमा पछिल्लो समय लोकप्रिय बनेका पठाओ, इनड्राइभर र यांगो जस्ता राइड सेयरिङ सेवामा महिला यात्रुको सुरक्षा र गोपनीयतालाई लिएर गम्भीर प्रश्न उठेको छ। चालकको व्यवहार वा सेवामा चित्त नबुझेर कम्पनीमा उजुरी गर्दा उल्टै चालकले यात्रुको व्यक्तिगत विवरण प्रयोग गरी धम्की दिने गरेको पाइएको छ।
धेरैजसो महिला यात्रुले चालकको दुर्व्यवहार, बढी भाडा माग्ने वा गलत बाटो प्रयोग गर्ने जस्ता समस्याका बारेमा सम्बन्धित कम्पनीमा उजुरी दिने गरेका छन्। तर, उजुरी परेपछि ती कम्पनीहरूले चालकलाई कारबाही गर्ने क्रममा यात्रुको पहिचान गोप्य राख्न नसक्दा चालकहरूले यात्रुको फोन नम्बर र लोकेसन थाहा पाउने गरेका छन्।
‘यांगो चालकले १०० रुपैयाँ बढी पैसा लिएकाले मैले कम्प्लेन गर्देको थिएँ। त्यसपछि उसले मेरो नम्बर उसको साथीहरूलाई बाँडेछ,’ पीडित युवती परिवर्तित नाम जुना थापाले भनिन्।
यात्राका क्रममा उनले जानुपर्ने स्थानको ‘प्रपर लोकेशन’ यांगो एपमा नदेखाएपछि गन्तव्यभन्दा केही परको लोकेशन हालेर यात्रा गरिन्। तर, चालकले उनलाई गन्तव्यसम्म पुर्याएपछि एपमा निर्धारण भएको भाडाभन्दा १०० रुपैयाँ बढी भाडा माग गरेकाे थापाकाे गुनासाे छ।
‘मैले केही नबोली पैसा दिएर कम्पनीमा कम्प्लेन गर्देको थिएँ,’ उनले थपिन्, ‘जसका कारण त्यो यांगो चालकले मेरो नम्बर उसको साथीहरूलाई बाँडेर मलाई विभिन्न नम्बरबाट फोन, म्यासेज गर्न लगायो।’ यांगो चालकले बढी भाडा लिएर कम्प्लेन गरेकाले चालकले आफ्नो नम्बर उसको साथीहरुलाई बाढेको उनको भनाइ छ।
चालकको व्यवहार वा सेवामा चित्त नबुझेर कम्पनीमा उजुरी गर्दा उल्टै चालकले यात्रुको व्यक्तिगत विवरण प्रयोग गरी धम्की दिने गरेको पाइएको छ।
केही पीडित महिलाहरूका अनुसार कारबाहीमा परेका चालकले आफ्ना साथीहरूलाई समेत यात्रुको नम्बर बाँड्ने, ह्वाट्सएप वा भाइबरमा म्यासेज गरेर अपशब्द बोल्ने, थर्काउने जस्ता कार्यहरू गरिरहेका छन्। ‘मैले चालकको व्यवहार चित्त नबुझेर कम्पनीमा कम्प्लेन गरेकी थिए। भोलिपल्ट मलाई अपरिचित नम्बरबाट फोन गरेर धम्की दिइयो,’ अर्की पिडित महिला भन्छिन्।
पीडितहरूका अनुसार केही घटनामा चालकले कम्पनीलाई गरिएको उजुरीबारे थाहा पाएपछि यात्रुको फोन नम्बर, लोकेसन, प्रोफाइल जानकारी जथाभावी अन्य व्यक्तिसँग सेयर गर्ने, मेसेज वा फोनबाट थर्काउने धम्कि दिने गरेका छन्। यस्ता समस्याका कारण धेरैले घटनापछि एप प्रयोग गर्न छाडेका छन्।
कम्पनीमा चालकको कम्प्लेन गरेपछि चालक सस्पेन्ड भएमा वा कारबाहीमा परेमा यात्रुको विवरणको दुरुपयोग गर्दै चालकहरूले ‘ग्याङ’ बनाएर यात्रुलाई मानसिक तनाव दिने र प्रतिशोध लिने प्रवृत्ति बढ्दो छ। राइड–सेयरिङ सेवा सार्वजनिक यातायातको विकल्पका रूपमा लोकप्रिय हुँदै गएको भए पनि यसको सुरक्षा अझै पूर्णरूपमा सुनिश्चित भइसकेको छैन।
विशेषगरी महिला यात्रुहरूले यात्राका क्रममा दुर्व्यवहार वा असुरक्षित महसुस गरेको गुनासोहरू बेला–बेला आउने गरेका छन्। राइड सेयरिङ सेवा प्रदायक कम्पनीले चालकको पूर्ण पृष्ठभूमि जाँच नगर्दा आपराधिक मनोवृत्ति भएका व्यक्ति पनि यस सेवामा जोडिएका छन्।
सार्वजनिक यातायातको विकल्पका रूपमा राइड सेयरिङ सेवा पछिल्ला वर्षहरूमा अत्यधिक लोकप्रिय बन्दै गएको छ। समय बचत, सजिलो पहुँच र किफायती भाडादरका कारण युवा तथा रोजगारीमा व्यस्त शहरी बासिन्दामाझ यसको प्रयोग तीव्र रूपमा बढिरहेको छ। तर, सेवा विस्तारसँगै सुरक्षासम्बन्धी चिन्ता पनि गहिरिँदै गएको छ।