काठमाडौं। ज्ल तथा मौसम विज्ञान विभागअन्तर्गको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव जारी रहेकाले विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना औंल्याएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम अदलबदली भरहनेछ।
मौसम पूर्वानुमान महाशाखाका देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी, प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना छ।
उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
काठमाडौं उपत्यकाका नदीमा जल सतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। मध्यरात भएको वर्षाका कारण विष्णुमति, बाग्मती र धोबी खोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ।
विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोबीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ। नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
त्यसैगरी गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचनामार्फत अनुरोध गरेको छ। मध्यरातको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थानका सडकसमेत जलमग्न भएका थिए।