काठमाडाैं। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ। मंगलबार नगरसभाको १६ओे अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन्।
उनका अनसार भौतिक पूर्वाधारतर्फ समपूरक योजनाहरुका लागि ६ करोड २० लाख, वहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरुको लागि ७० करोड, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरण कार्यक्रमका लागि २ करोड, भवन संहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख र सडक पुर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार बजेट विनियोजन गरिएको छ।
यस्तै, सडक बोर्डबाट सञ्चालन हुने योजनाहरुका लागि १ करोड ५० लाख साथै नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लाख १ हजार गरी पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरिएको उनले जानकारी दिइन्।
वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार, विषयगत क्षेत्रमध्ये सामाजिक विकासतर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि ५० लाख, युवा विकास कार्यक्रमका लागि ३८ लाख, आदिवासी जनजाति दलित मधेसी पिछडा वर्ग यौनिक अल्पसंख्यक कार्यक्रमका लागि ४० लाख, खेलकुद विकास कार्यक्रमका लागि ९० लाख, ज्येष्ठ नागरिक कार्यक्रमका लागि २० लाख, अपांगता क्षमता विकास कार्यक्रमका लागि २५ लाख, खानेपानी सरसफाई २० लाख, सार्वजनिक निजी साझेदारी २५ लाख, सामाजिक सुरक्षा तथा पञ्जीकरण ३० लाख, रोजगार प्रवर्द्धन कार्यक्रमका लागि ६९ लाख र संघसंस्था अनुदान ५ करोड ५ लाख समेत गरी सामाजिक विकासतर्फ १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरिएकाे छ।
यस्तै,आर्थिक विकास क्षेत्रतर्फ कृषि विकास कार्यक्रमका लागि १ करोड ५ लाख, पशुपंक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारी तर्फ २४ लाख, उद्यमशीलता विकासतर्फ ४ करोड ७० लाख, विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख र वातावरण तथा जैविक विविधता संरक्षणका लागि २० लाख, सुशासन तथा संस्थागत विकासतर्फ नगर प्रहरी तथा ट्राफिक व्यवस्थापन, सूचना प्रविधि, सञ्चार र सेवा प्रवाह सुधारजस्ता कार्यक्रमका लागि कुल ३ करोड ३० लाख रुपैयाँ छुट्टाइएको छ।