काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशैभर आंशिकदेखि साधारणतया मौसम अदलीबदली भइरहेको जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ। दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।
राती कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह बढेपछि सतर्कता अपनाउन अनुरोध
काठमाडौँ जिल्लास्थित बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले बिहीबार राती ११ः५५ बजेको विवरणअनुसार नदीहरूमा पानीको सतह सतर्कता तह आसपास पुगेको बताउँदै सतर्क रहन आग्रह गरेको हो।
विभागले राती एक सूचना जारी गर्दै विभागले नदीमा पानीको तह बढ्दो क्रममा रहेकाले नदी किनार आसपास बसोबास गर्ने तथा विष्णुमती नदी छेउ यात्रा गर्दा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।