काठमाडौं । सेलकम प्रालिको सेलपे सेवाले ‘२०२० एस २० अफर’ सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले लक्की ड्र मार्फत एउटा सामसङको ग्लालेक्सी एस २० जित्ने मौका पाउने छन् । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ ।
योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पिटुपीगरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन् । सो कोड नं. लक्की ड्रको लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ सामसङ ग्यालेक्सी एस २० जित्ने मौका पाउेछन् । साथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता पेलेस एडरेस लाउन्ज र एक्स एजबाट विभिन्न उपहार पाउने छन् ।
यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ । नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरेपछि न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पिटुपी (मर्चेन्ट भुक्तानी बाहेक)को कारोवार गरी योजनामा सहभागी हुन पाउनेछन् ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।