काठमाडौं। विश्व प्रसिद्ध मदिरा ब्रान्डहरू चिभास रिगल, एब्सोलुट भोड्का र ब्यालेन्टाइन्सको आधिकारिक वितरक एस।पी।जी। ट्रेडिङले डेढ अर्ब बढीको व्यापार गरेको छ। शारडा ग्रुप अन्तर्गतको यो कम्पनी गत आर्थिक वर्ष २०२४÷२५ मा १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको रिपोर्टअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्ष २०२३÷२४ मा कम्पनीले १ अर्ब ६२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो। साथै, आव २०२२÷२३ मा १ अर्ब ६० करोड १० लाख र आव २०२१÷२२ मा ९६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
देशमा जारी आर्थिक सुस्तता र आयात महसुलमा भएको वृद्धिका बाबजुद कम्पनीले आफ्नो व्यापारिक साखलाई स्थिर राख्न सफल भएको रिपोर्टमा उल्लेख छ। कम्पनीको सञ्चालन नाफा मार्जिन विगत दुई वर्षदेखि करिब ९ प्रतिशतमास्थिर रहेको रिपोर्टमा उल्लेख छ।
सन् २०१२ मा स्थापना भएको एस।पी।जी। ट्रेडिङ नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘शारडा ग्रुप’ अन्तर्गतको कम्पनी हो। कम्पनीमा सन्दीप कुमार शारडा, गौरव शारडा र प्रदीप कुमार शारडाको समान १८।३३ प्रतिशतका दरले सेयर स्वामित्व छ। बाँकी ४५ प्रतिशत सेयर अध्यक्ष राधेश्याम शारडा, सौरव शारडा र अमित कुमार शारडाको नाममा समान १५ प्रतिशतका दरले रहेको छ। शारडा ग्रुपको बैंकिङ, बिमा र उत्पादन क्षेत्रमा रहेको लामो अनुभवले कम्पनीलाई वित्तीय लचकता प्रदान गरेको छ।
कम्पनीले बैंकबाट लिने ८० करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण सीमाका लागि इक्रा नेपालले ‘ए–थ्री’ रेटिङ पुनः पुष्टि गरेको छ। यसअघि ७५ करोडको सीमाका लागि रेटिङ गराएको कम्पनीले यस पटक ५ करोड सीमा थप गरी ८० करोड पुर्याएको हो। विगत दुई वर्षदेखि कम्पनीले लाभांश वितरण नगरेका कारण ऋणको भार धेरै बढ्न नपाएको र वित्तीय अवस्था सन्तुलित रहेको इक्राले जनाएको छ।
पर्नोड रिकार्डका प्रिमियम ब्रान्ड
कम्पनीले विगत एक दशकदेखि विश्व चर्चित ‘पर्नोड रिकार्ड’ अन्तर्गतका प्रिमियम मदिरा ब्रान्डहरू आयात र बिक्री गर्दै आएको छ। जसमा एब्सोलुट भोड्का, ब्यालेन्टाइन्स, बिफिटर, चिभास रिगल, ज्याकोब्स क्रिक, जेमसन र द ग्लेनलिभेट लगायतका ब्रान्डहरू रहेका छन्।
नेपालमा दसैँ–तिहार जस्ता मुख्य चाडपर्व (सेप्टेम्बर–अक्टोबर) का बेला कम्पनीको व्यापार उच्च हुने गर्दछ।
व्यापार स्थिर रहे पनि कम्पनीका सामु केही गम्भीर चुनौतीहरू छन्। कम्पनीको कार्यगत पुँजी चक्र लम्बिएर ५० प्रतिशत पुगेको छ, जसले गर्दा बैंक ऋणमा निर्भरता बढेको छ।
यस्तै, बजारमा बढ्दो ‘ग्रे मार्केट’ ९अवैध आयात० र उच्च भन्सार दरले प्रिमियम ब्रान्डको बिक्रीमा प्रतिस्पर्धा बढाएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा पर्न सक्ने असर र विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढावलाई पनि इक्रा नेपालले मुख्य जोखिमका रूपमा औँल्याएको छ।