धादिङ। नागढुंगा-मुग्लिन सडक आयोजनाको पूर्वी खण्डमा भइरहेको निर्माण कार्यले धादिङको गल्छी क्षेत्रको बाटो राम्रो भएको छ। तर, स्थानीय बासिन्दाको घर डुबानमा परेका छन्। सडक जमिनभन्दा माथि भएकाले स्थानीयको घर डुबानमा पर्न थालेका हुन्। धादिङको गल्छी गाउँपालिका ७ स्थित पर्ने गर्डु खोलाको पानी पास हुन नसक्दा स्थानीय घरहरु डुबानमा परेका हुन्।
वर्षौंदेखिको हिलो, धुलो, डुबान र दुर्घटनाको सास्ती खेपेका स्थानीयले अहिले सडकको सुधार भए पनि डुबानको सकर ब्यहोरिरहेका छन्। गल्छी गाउँपालिका ७ का स्थानीय ईश्वरीप्रसाद धितालले सडक सुधारले यात्रा गर्नेलाई सहज भए पनि स्थानीयका लागि सकस बनेको बताउँछन्।
‘यो बाटोका कारणले कसैलाई राम्रो भएको छ। कोहीलाई नराम्रो पनि भएको छ,’ धिताल भन्छन्, ‘सडक बनाउँदा कोही खाल्डोमा परे। मेरो बसै उठेको छ। माटो हालेर पुरेको छु। यही बाटोका कारणले घर डुबेको हो। पानी जम्यो बस्न मिलेन। सबै भत्काएर माटोले पुर्दैछु।’ उनको अनुभवमा सडक बनाउँदा केही स्थानीयको जीवन झनै कष्टकर बनेको छ।
धितालले सडक निर्माणले घर डुबानमा पर्दा आफ्नो बास उठेको गुनासो गरे। सडक राम्रो बन्दा सो क्षेत्र करिब १० घर परिवारको उठीबास भएको छ। गल्छीको बाटो पानी पर्दा हिलो र सुख्खा हुँदा धुलो हुने सधैंको समस्या हो।
-1752492766.jpg)
हिलोका चिप्लिएर कतिपय यात्रु घाइते हुनेदेखि सवारी साधान दुर्घटनामा पर्ने समस्या थियो। तर, पछिल्लो समय यो सडक निर्माण भएदेखि यस्ता समस्या केही व्यवस्थित भएका छन्। स्थानीयका सास्ती भने उस्तै छन्।
सवारी साधन चिप्लिने र दुर्घटना हुने समस्या त सामान्य जस्तै भइसकेको थियो। उनका अनुसार स्थानीय बासिन्दाले पटक-पटक अनुरोध गरेपछि सडक निर्माणले गति लिएको हो।
‘पहिला यात्रुले कति दुःख पाए यहाँ, कोहीको घुँडा फुक्लियो, कोहीको हात भाँचियो, कोहीको टाउको ठोकियो, कोहीको बच्चा लड्यो, हरेक किसिमका दुर्घटना भए,’ उनले भने, ‘अहिले सुधार हुँदै आएको छ। तर, बाटोका कारणले मान्छेको बासै उठेको छ। अरु थोकले होइन रोड बनाएपछि गहिरो भयो, पानी जम्यो।’
सडक निमार्णसँगै केही स्थानीयले सास्तीबाट मुक्ति पनि पाएका छन्। धुलो र हिलोको मार खेप्दै आएकी गल्छी गाउँपालिकाकी स्थानीय चित्रकुमारी श्रेष्ठले विगतका दिन सम्झँदै भन्छिन्, ‘पहिला यहाँ धेरै डुबान थियो, खोला आएर सबै घर डुबान हुन्थ्यो। सवारी डुब्ने, मान्छे दुर्घटना हुने, यहाँ धेरै खतरा थियो।’ बर्खामा सडक हिलाम्य हुन्थ्यो भने गर्मीमा धुलोले गर्दा हिँड्न पनि समस्या हुने श्रेष्ठ सुनाउँछिन्।
‘धुलो उडेर पाँच मिनेट बाहिर निस्कन पाइँदैनथ्यो। धुलोको कारणले आँखा दुख्ने, रुघाखोकी लाग्ने जस्ता समस्या पनि हुन्थ्यो,’ उनले थपिन्, ‘घरभित्र पनि धुलो पस्थ्यो, खाना पकाउन ढोका थुन्नुपथ्र्यो र धोएका भाँडाकुँडा सबै फोहोर हुन्थे।’

सवारी साधन चिप्लिने र दुर्घटना हुने समस्या त सामान्य जस्तै भइसकेको थियो। उनका अनुसार स्थानीय बासिन्दाले पटक-पटक अनुरोध गरेपछि सडक निर्माणले गति लिएको हो। ‘पानी परे हिलो नपारे धुलोको समस्या थियो,’ उनले भनिन्, ‘अहिले केही राहत भएको छ।’
सोही क्षेत्रका स्थानीय शम्भु रिमाल पनि सडकको अवस्थामा आएको सुधारप्रति खुसी व्यक्त गर्छन्। ‘पहिला यो सडक हेरी साध्यै थिएन, अहिले विस्तारै राम्रो भइरहेको छ’ उनले भने।
सडक नबन्दा हिँड्न सक्ने अवस्था नभएको र खोला सडकबाटै बग्ने गरेको उनले बताए। ‘हामीलाई समस्या थियो, त्यही पनि हो यो खोलालाई संरक्षण गर्ने मान्छे चाहिन्छ। कोही निकायले हेर्नुभयो राम्रो खोलालाई नियन्त्रण गर्नुपर्ने छ।’ रिमालले सडक सुधारसँगै खोला व्यवस्थापनको आवश्यकतामा जोड दिएका छन्।
नागढुंगा-मुग्लिन सडक आयोजनाअन्र्तगत कुल ५५ किलोमिटर क्षेत्रफल पर्छ। यो आयोजना निर्माणाधीन अवस्थामा छ। यो आयोजनाअन्र्तगत निमार्णको कार्य करिब आधा कम सकिएको छ। निर्माणको आधा कार्य बाँकी छ।
कुल ५५ किलोमिटरमध्ये हालसम्म करिब आधा, अर्थात् करिब २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको उनले बताए।
नागढुंगा-मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार, नागढुंगा-मुग्लिनको पूर्वी खण्डअन्तर्गत दुई वटा प्याकेज छ। एउटा नागढुंगादेखि नौबिसे खण्डको १२.२ किलोमिटर र अर्को नौबिसेदेखि मलेखु खण्डको ४३.५ किलोमिटर छ।
-1752492767.jpg)
कुल ५५ किलोमिटरमध्ये हालसम्म करिब आधा, अर्थात् करिब २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको उनले बताए। यस आयोजनाअन्तर्गत १५ वटा पुल निर्माण हुने योजना छ। यसमध्ये आठ वटा पुलहरूमा गाडी सञ्चालन भइसकेका छन्।
यसै आर्थिक वर्षको मसान्तसम्म थप दुई वटा पुलमा गाडी चल्न सक्ने बनाउने लक्ष्य रहेको ओझाले बताए। बाँकी पाँच वटा पुल अर्को आर्थिक वर्षसम्म सम्पन्न हुने योजना रहेको उल्लेख गरे। ‘सडकतर्फ पनि अर्को आर्थिक वर्षसम्म ५५ किलोमिटरकै पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘आयोजनाको कुल समग्र प्रगति करिब ४४ प्रतिशत रहेको छ। पहिलो प्याकेजको भौतिक प्रगति करिब ८४ प्रतिशत र दोस्रो प्याकेजको ४३-४४ प्रतिशत छ।’
आयोजनाअन्तर्गत मुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण भइरहेको छ। कतिपय खण्डमा विस्तारै हिँड्ने सवारीका लागि छुट्टै क्लाइम्बिङ लेन (उकालो लेन) थपेर तीन लेनको सडक बनाइँदै छ। यसमा उकालोतर्फ जाने सवारी दुई लेनमा र ओरालोतर्फ झर्ने सवारी एक लेनमा मात्र चल्ने छन्। बजार क्षेत्रहरूमा चार लेनदेखि छ लेनको सडक निर्माण भइरहेको छ।
गल्छी-बैरेनी क्षेत्र, जहाँ धेरै वर्षदेखि पानी जम्ने, खाल्डो पर्ने र ड्रेनेजको समस्याका कारण सधैँ समस्या आइरहन्थ्यो, त्यहाँ पछिल्लो हिउँददेखि नै द्रुतगतिमा काम गरिएको ओझाले दाबी गरे।
‘अहिले यो हिलो र धुलोबाट मुक्त हुने अवस्थाको बनायौँ,’ उनले भने, ‘दुई किलोमिटरको खण्डमा दोहोरो गाडी हिँड्न सक्ने कंक्रिट पेभमेन्ट निर्माण सम्पन्न भइसकेको छ। यसले अबको वर्षामा यात्रुले हिलोको समस्या खेप्नुपर्ने छैन।’

गत मनसुनमा असोजमा झ्याप्ले खोलामा गएको पहिरो र त्यसमा ३५ जनाको ज्यान गएको घटनालाई आयोजनाले गम्भीरतापूर्वक लिएको छ। ओझाका अनुसार, सो खण्डमा पहिरो रोकथामका लागि माइक्रो पाइलिङ र होरिजेन्टल सोइल एन्करेज जस्ता नयाँ प्रविधिहरू प्रयोग भइरहेका छन्। माइक्रो पाइलिङको काम सम्पन्न भइसकेको छ भने सोइल एन्करिङको काम पनि छिट्टै सुरु हुनेछ।
बीपी राजमार्ग र कान्ति राजमार्ग जस्ता वैकल्पिक सडकहरूले पनि सोचेजति सुविधा नदिएको हुँदा सबै सवारी चाप यही सडकमा परेको छ।
यसैगरी, महेश खोलाको कटान रोकथामको काम पनि सम्पन्न भइसकेको छ, यद्यपि सडक सतह सम्पन्न गर्न बाँकी छ। परेवा भीर, मलेखुको सुख्खा पहिरो खसिराख्ने स्थानमा पनि सुख्खा डेब्रिजहरू पन्छाएर र ग्याबियन पर्खाल लगाएर लेदो सडकमा आउन नसक्ने गरी रोकथाम गरिएको ओझाले जानकारी गराए।
नागढुंगा-मुग्लिन सडक काठमाडौं उपत्यकालाई जोड्ने मुख्य राजमार्ग भएकाले सवारी चाप अत्यधिक छ। सडक निर्माणमा निर्माण सामग्रीको उपलब्धता र करिब १५ हजारभन्दा बढी सवारी साधनको व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको ओझाले बताए।
-1752492765.jpg)
बीपी राजमार्ग र कान्ति राजमार्ग जस्ता वैकल्पिक सडकहरूले पनि सोचेजति सुविधा नदिएको हुँदा सबै सवारी चाप यही सडकमा परेको छ। यसले गर्दा दैनिक आठ घण्टाको कार्य गर्ने समय पनि नपाइएको र प्रगतिमा चुनौती थपिएको उनले गुनासो गरे।
यस चुनौतीलाई सम्बोधन गर्न आयोजनाले सवारी धनी, जिल्ला प्रशासन र ट्राफिक प्रहरीसँग समन्वय गरी गाडीको चाप कम हुने समयमा निर्माण कार्यलाई तीव्रता दिँदै आएको छ।
आयोजनाले आगामी आर्थिक वर्षको मसान्तसम्म बाँकी २७ किलोमिटर सडकमा पनि पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेको छ। ‘कम्तीमा पहिलो तहको कालोपत्रे सम्पन्न भयो भने पनि यात्रुहरूलाई सहज हुनेछ,’ उनले भने, ‘यो महत्वाकांक्षी योजना पूरा भएमा यस क्षेत्रका बासिन्दाले थप सहज यात्राको अनुभव गर्न पाउने छन्।’