काठमाडौं । बितेका २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, ललितपुर, झापासहित विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना, भद्रपुर नगरपालिका ५ मेचीपुलबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ बोकेका दुई जना, कञ्चनपुरको बेलौरी नगरपालिका ६ नकैयाबाट दुई जना कैलालीको धनगढी उपमहानगर २ बाट दुई जना, धनगढी उपमहानगर १४ खुटिया टोलबाट दुई जनालाई पक्राउ गरिएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना बस्ने २७ वर्षीय रामकुमार साहलाई दुई किलो २५ ग्राम गाँजासहित एक जना,ललितपुर, महालक्ष्मी नगरपालिका १ इमाडोलबाट दुई जना, पोखरा महानगर २ बाग्लुङ बसपार्कबाट एक, स्याङ्जा, गल्याङ नगरपालिका १ राम्दिबाट एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको जनाइएको छ।
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका ७ किरात चोकबाट सात जना, मकवानपुरको हेटौँडा उपमहानगर १३ आदामारबाट एक जना पक्राउ परेका समाचारकक्षको आज दिउँसोको समाचार बुलेटिनमा उल्लेख छ।