काठमाडौं। डिसहोमले पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ। प्रिभिलेज कार्डले डिसहोमका सक्रिय ग्राहकलाई विशेष छुट र सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
‘माई डिसहोम एप’मा उपलब्ध डिजिटल कार्ड प्रगोग गर्दा ग्राहकले होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डमा २५ प्रतिशतसम्मको छुट पाउनेछन्। सुरुवाती चरणमा १० प्रतिष्ठित ब्रान्डका ३५ आउटलेट यो कार्डको नेटवर्कमा समावेश गरिएको कम्पनीले जनाएको छ।
साझेदार ब्रान्डमा बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन, सिद्धार्थ हस्पिटालिटी ग्रुप (जसअन्तर्गत देशका विभिन्न स्थानमा होटल, रिसोर्ट, कटिज, रेस्टुरेन्ट र क्याफे), होटल ले हिमालय (काठमाडौं), लेक साइड रिट्रिट (पोखरा), इला कम्फर्ट होटल्स एन्ड रिसोर्ट (हरकपुर, मौलाकाली, बागलुङ), मेलुङ ठकाली, साकी एन्ड फेङ रेस्टुरेन्ट (काठमाडौं), लुम्बिनी केबलकार, मौलाकाली केबलकार (गैडाकोट, चितवन) र अचार घर (कमलपोखरी, कुपन्डोल) रहेका छन्।
भर्चुअल प्रिभिलेज कार्डमार्फत डिसहोमले इन्टरनेट र टेलिभिजन सेवाका अतिरिक्त ग्राहकको जीवनशैलीलाई थप सहज बनाउने लक्ष्य लिएको डिसहोमका सीईओ तारा मानन्धरले बताए।