काठमाडौं। नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स ८ सिरिजअन्तर्गत दुई स्मार्टफोन पोको एक्स ८ प्रो ५ जि र एक्स ८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको छ।
पोको एक्स ८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५०० अल्ट्रा प्रोसेसर छ। जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ। यसमा ६५०० एम्पिएर पावरको ठूलो ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ।
यस स्मार्टफोनमा ५०एमपी मुख्य क्यामेरा, ८एमपी अल्ट्रावाइड क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिन्छ। डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२०एच जेड अल्ट्रा ब्राइट एमोलेड स्क्रिन छ।
जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ। यसबाहेक पोको एक्स ८ प्रो ५जि मा आईपी ६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्ने छ।
त्यस्तै पोको एक्स ८ प्रो म्याक्स ५ जि मा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिएको छ। यसमा ८५०० एम्पिएर क्षमताको शक्तिशाली ब्याट्री, १०० वाट हाइपरचार्ज, २७ वाट रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ।
यस स्मार्टफोनमा ६.८३ इन्चको १.५के १२० एच जेड अल्ट्रा ब्राइट एमोल्ड डिस्प्ले रहेको छ। ५०एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा वाइड क्यामेरा र २० एमपी फ्रन्ट क्यामेरा रहेको छ। यसमा पनिआईपी ६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्याश, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्दछ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भने, “पोको एक्स ८ सिरिज केवल गेम खेल्नेका लागि मात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन्। यसमा रहेका असाधारण फिचर फ्ल्यागसिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्ने छ। यसमा डुअल लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा उच्चस्तरको तस्विर खिच्न सकिने छ।”
पोको एक्स ८ प्रो ५जि दुई भेरियन्टमा उपलब्ध छ। ८जीबी२५६जीबी भेरियन्टको बजार मूल्य ६३,९९९ तोकिएको छ। १२ं५१२ जीबीको मूल्य ७३,९९९ रहेको छ। यी दुवै भेरियन्ट कालो, हरियो र सेतो रङमा उपलब्ध छन्।
त्यसैगरी, एक्स ८ प्रो म्याक्स ५जि १२२५६ जीबीको मूल्य ७९, ९९९ र १२ं५१२ जीबीको मूल्य ८९,९९९ रुपैयाँ तोकिएको छ। यी दुवै भेरियन्ट निलो, कालो र सेतो रङमा उपलब्ध छन्।
ग्राहकको सुविधाका लागि पोकोले ९ महिनासम्मको इएमआई र १ वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिइएको छ। यी दुवै स्मार्टफोन टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ