काठमाडौं। नेपाली उपभोक्तालाई उच्च गुणस्तरको चामल उपलब्ध गराउने उद्देश्यले हाइलाइफ फुड्सले आफ्नो नयाँ उत्पादन प्रिमियम बासमती चामल औपचारिक रूपमा सार्वजनिक गरेको छ।
राजधानीमा आयोजित विशेष कार्यक्रमबीच कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेलले नयाँ उत्पादनको सुरुवात गरेका हुन्। कम्पनीले बजारमा ल्याएको चामलमा एक्स्ट्रा लङ ग्रेन बासमती, पुलाउ बासमती र जिआई राइस समावेश छन्।
विशेषतः जिआई राइस डायबेटिक बिरामीका लागि उपयुक्त हुने बताइएको छ। लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सा मात्र नभई होटल तथा रेस्टुरेन्टका लागि पनि गुणस्तरीय विकल्प बन्ने कम्पनीको दाबी छ।
हाइलाइफ फुड्सले भारतको लोकप्रिय लालकिल्ला ब्रान्डलाई नेपालमा हाइलाइफ बासमतीमार्फत बिक्री गर्ने घोषणा गरेको हो। यस कदमले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरको बासमती चामलको पहुँच अझ बढाउने कम्पनीको विश्वास छ।
‘हामीले उपभोक्ताको स्वाद र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रिमियम बासमती चामल बजारमा ल्याएका छौँ। लालकिल्ला ब्रान्डको वितरणसँगै, हामी नेपाली बजारमा विश्वस्तरीय बासमती चामलको विकल्प उपलब्ध गराउँदै छौँ,’ अध्यक्ष पौडेलले भने, ‘हाइलाइफ फुड्समा हामी चार वर्षअघिदेखि प्रवेश गरेका छौँ। नयाँ र पुरानो व्यवस्थापका कारण कम्पनीले निरन्तर विस्तार गर्दै आएको छ।’
हाइलाइफ फुड्सले विगतदेखि चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसनलगायत स्वास्थ्यकर खाद्य वस्तुको उत्पादन तथा वितरण गर्दै आएको छ। कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगारी सिर्जना, उत्पादन क्षमता वृद्धि र नवीन प्रविधिको प्रयोगमार्फत उद्योग क्षेत्रमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ।
प्रिमियम बासमती चामल आकर्षक प्याकेजिङसहित एक किलो, पाँच किलो र २० किलोका प्याकमा देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्ममा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्दै नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।