काठमाडौं। पहिलो कुमन कप २०२५ आज कालंकीस्थित एलआरआई फुटसल ग्राउन्डमा सम्पन्न भएको छ। नेपाली विद्यार्थी र जापानी विद्यार्थीबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताले टीमवर्क, अनुशासन, र सांस्कृतिक आदानप्रदानको सन्देश फैलाएको छ।
कुमन नेपालले आयोजना गरेको प्रतियोगितामा आइजीसी होल्डिग र कलरबाथ को सहकार्यमा भएको मैत्रीपूर्ण खेलमा एलआरआई स्कूल, युनाइटेड स्कूल, भ्याली पब्लिक स्कूल, र लॉयल्टी एकेडेमीका विद्यार्थीहरू सहभागी भएका थिए। जापानबाट आएका विद्यार्थीहरूसँगको खेलले विद्यार्थीहरूबीच अन्तर्राष्ट्रिय मित्रता विकास गर्ने र सिकाइको फराकिलो परिभाषा दिने उद्देश्य बोकेको थियो।
कार्यक्रम एलआरआई स्कुल र जापानी प्रतिनिधि योशिकावा युसुकेको स्वागत भाषण गरेका थिए। त्यसपछि नेपाल र जापानका राष्ट्रगान बजाइयो। छोटो सांस्कृतिक आदानप्रदान सत्रले कार्यक्रममा थप ऊर्जा र आत्मीयता थपेको आयोजकको दाबी छ।
मैदानमा सबै टिमहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गरे। अन्ततः जापानी विद्यार्थीहरूले विजयी भएर प्रतियोगिताको उपाधि जिते। कुमन शिक्षा प्रणाली नेपालमा २०२३ देखि औपचारिक रूपमा लागू भएको हो, र यसले आत्मअध्ययन, आलोचनात्मक सोच, र व्यक्तिगत विकासमा जोड दिन्छ। आजको खेलले कुमनको यही दृष्टिकोणलाई व्यवहारमा उतारेको थियो—जहाँ शिक्षा भनेको केवल किताबी ज्ञान होइन, जीवन सीप, सहकार्य, र मित्रता पनि हो।
पहिलो कुमन कप २०२५ ले शिक्षा र खेलकुदको संयोजनमार्फत बालबालिकाको समग्र विकासमा सन्देश दिएको जनाएको छ।