काठमाडौं। नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुत हुने ‘बिजनेस ब्लू प्रिन्ट नेपाल’ कार्यक्रम भदौ १२ गते काठमाडौंमा हुने भएको छ।
व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षमा केन्द्रित रहने उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन गर्ने रहेको छ। कार्यक्रममा सहभागीले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचार प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउने छन्।
राजधानीको म्यारियट होटलमा साउन २५ गते आयोजना गरीएको पत्रकार सम्मेलनमा कामर्यक्रमका संयोजक तथा जिनियस टल्कस्का प्रबन्धक कृष्ण शाहले यस्ता खालका कार्यक्रमले बिजनेशमा थप प्रेरणा र टेवा पुर्याउने बताए। पाटनीले आजसम्म १० हजार भन्दा बढी यस्ता सेमिनार गर्दै आएका छन्।
उनको काठमाडौैं यो पहिलो शो रहेको हो। कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिड्ड हेड निखिल अग्रवालले ब्यवसायिक क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रमा ज्ञान रहेका विज्ञहरुको अनुभवले उर्जा प्राप्त हुने र यस्ता खालका कार्यक्रममा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए।
डा. उज्जवल पाटनीले यसअघि भारत तथा अन्य देशमा सञ्चालन गरेका यस्ता कार्यक्रम अत्यन्त सफल र प्रभावशाली सावित भएका छन्। नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ।
यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।