काठमाडौं। सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्युएलईडी टिभी मोडेलको नयाँ लाइनअप नेपाली बजारमा सार्वजनिक गरेको छ। यस नयाँ श्रृंखलामा सामसङ भिजन एआई प्रविधि उपलब्ध रहेको हो।
टिभीलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई प्रयोगकर्ताको जीवनशैली अनुसार प्रतिक्रिया दिने स्मार्ट साथीमा रूपान्तरण गर्ने छ। सामसङ भिजन एआईले स्क्रिनमा देखिने दृश्य र आवाजलाई एआईबाट अझ जीवन्त बनाउँदै व्यक्तिगत अनुभव प्रदान गर्छ। यस प्रविधि मुख्यतः तीन आधारमा काम गर्छ:
एआई मोड: डीप-लर्निङ्ग एल्गोरिदम प्रयोग गरी कन्टेन्ट र वरिपरिको वातावरण अनुसार वास्तविक समयमा सेटिङ मिलाउँछ।
एआई एक्स्पीरीएन्स: प्रयोगकर्ताको रोजाइ र व्यवहार समयसँगै सिकेर कन्टेन्ट सुझाव र सेटिङ व्यक्तिगत बनाउँछ।
मल्टी–दिभाइस कनेक्तिभीटी: टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सजिलै जडान गर्न सकिन्छ।
सामसङ नेपालका सिई बिजनेस हेड मिलन कुमार झाले भने, ‘सामसङ भिजन एआईले व्यक्तिगत र एआई–समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ। हामी यसलाई ‘It’s Your Show’ भन्छौँ, जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ। हाम्रो नयाँ एआई टिभीहरूले घरमै सिनेमाजस्तो अनुभवको नयाँ मापदण्ड कायम गर्छ।’
प्रमुख फिचरहरू
युनिभर्सल जेस्चर कन्ट्रोल: रिमोट बिना हातका इशारामार्फत टिभी सञ्चालन।
एआई अपस्केलिंग: कम रिजोलुसनको कन्टेन्टलाई 4K गुणस्तरमा रूपान्तरण।
जेनरेतिभ वलपेपर: निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्ने सुविधा।
मल्टी-भाइस कनेक्तिभीटी: स्मार्टथिंग्स हबमार्फत घरको अवस्था र ऊर्जा खपत निगरानी। पेट एन्ड फेमिली केर मोड: घरपालुवा वा परिवारका असामान्य गतिविधि पत्ता लगाएर सचेतना प्रदान।
क्युएलईडी 4K लाइनअप र मूल्य
Segment Inch Model Code मूल्य
QLED 85″ QA85Q7FAARSHE रु ३९९,९९०
QLED 75″ QA75Q7FAARSHE रु २८९,९९०
QLED 65″ QA65Q8FAARSHE रु २५५,९९०
QLED 55″ QA55Q8FAARSHE रु १८२,९९०
UHD 65″ UA65U8500FRSHE रु १४५,९९०
UHD 55″ UA55U8500FRSHE रु ९९,९९०
UHD 43″ UA43U8500FRSHE रु ७४,९९०
FHD 43″ UA43F5550FUXXL रु ५४,९९०
HD 32″ UA32H4570FUXXL रु ३८,९९०
सुविधा र अफर
सामसङ इन्स्टा फ्यानान्स सेवा: नयाँ क्युएलईडी टिभी मासिक ९,९२७ रुपैयाँदेखि, शून्य प्रतिशत ब्याजदरमा ईएमआईमा प्राप्त गर्न सकिन्छ। प्रक्रिया सजिलो, नागरिकता मात्र आवश्यक।
पुरानो टिभी साटासाट गरेर नयाँ टिभी लिन सकिने सुविधा। ७ वर्षसम्म निःशुल्क OS अपग्रेड उपलब्ध, जसले नयाँ फिचर, सुरक्षा सुधार र प्रदर्शन उन्नयन सुनिश्चित गर्छ।
सामसङको २०२५ एआई टिभीहरूले स्मार्ट, व्यक्तिगत र दैनिकीमा मिसिने मनोरञ्जन अनुभव प्रदान गर्दै भविष्य-प्रमाण प्रिमियम अनुभवको नयाँ मापदण्ड स्थापना गरेका छन्।