यतिबेला ढोरपाटन बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी, गुलाबी वनफूलले सजिएको छ। रंगीबिरंगी फूल, हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणसमेत बढेको छ।
एक दशक अगाडिसम्म सुनसानः रहने ढोरपाटन क्षेत्रमा पछिल्लो समय पर्यटक त्यहाँ फुलेका रंगीबिरंगी वनफूलसँगै बादलमा हराउन आइपुग्ने गर्दछन्। विशेषतः वर्षाको समय पाटनभरि फूलेका वनफूलले यहाँको सुन्दरतामा सुगन्ध थप्नुका साथै अझ रमणीय बनाउने गर्दछ।
पछिल्लो समय सामाजिक सञ्जालबाट सो क्षेत्रको प्रचारप्रसारले आन्तरिक पर्यटकको आगमन बढाएको छ। यस याममा मात्र दैनिक २ सय बढी पर्यटक ढोरपाटन उपत्यकामा रमाउन, यहाँको सुन्दरतालाई नजिकबाट नियाल्न पुग्ने गर्दछन्।
राके फूलका रुपमा स्थानीय रुपमा चिनिने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूललगायतको नाम दिइएको छ। फूलसँग रमाउन आउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढेको छ। देशका ठूला सहर, काठमाडौं, पोखरा, बुटवललगायत विभिन्न स्थानबाट पर्यटक रमाउन आउने गरेका छन्, जसका कारण ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय फस्टाउन थालेका छन्।
ढोरपाटन आउने पर्यटकमध्ये केही मात्र बुकीपाटन र टीकाधारा उक्लने गर्दछन्। ढोरपाटन उपत्यकादेखि करिब ५ देखि ६ घन्टाको पैदलयात्रापछि बुकीपाटन र टीकाधारा पुग्न सकिन्छ, जहाँ पाटनैभरि भेडा चरिरहेको सुन्दर दृश्य देख्न सकिन्छ।


-1755930410.jpg)
-1755930408.jpg)
-1755930404.jpg)
-1755930404.jpg)
-1755930398.jpg)
-1755930397.jpg)
-1755930391.jpg)
-1755930391.jpg)
-1755930352.jpg)
-1755930334.jpg)
-1755930333.jpg)
-1755930321.jpg)
-1755930316.jpg)
-1755930315.jpg)
-1755930312.jpg)
-1755930311.jpg)
-1755930066.jpg)