काठमाडौं। देशभर रोपाइँ सकिएको छ। देशभर अनुमान गरिएको क्षेत्रफलभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ। यो वर्ष ९४.९ प्रतिशत रोपाइँ भएको हो। यो वर्ष देशभर १३ लाख ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो।
विभागले १३ लाख ७६ हजार ४६६ हेक्टर क्षेत्रफल रोपाइँ हुने अनुमान गरेको थियो। तर, यो वर्ष अनुमानभन्दा ७० हजार हेक्टर कम क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको विभागअर्न्तगतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ।
सुख्खा संकट क्षेत्र घोषाण गरिएको मधेस प्रदेशमा ८६ प्रतिशत मात्रै रोपाइँ भएको छ। कृषि विभागले मधेसमा तीन लाख १९ हजार ६२६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिए पनि तीन लाख ७० हजार १४५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएका छ।
कोशी प्रदेशमा दुई लाख ७६ हजार रोपाइँ हुने अनुमान गरिए पनि ८ हजार हेक्टर क्षेत्रफल घटेको छ। यहाँ दुई लाख ६८ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सकेको छ।
कर्णाली प्रदेशमा ४१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अमुमान गरिएकोमा ४० हजार हेक्टर क्षेत्रफलमा रापाई हुन सकेको छ।
यस्तै, बागमती प्रदेशमा खासै रोपाइँ क्षेत्रफल घटेको छैन। यहाँ एक लाख १५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा एक लाख १२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सकेको छ। यहाँ तीन हजार हेक्टर क्षेत्रफल घटेको विभाग तथ्यांक छ।
गण्डकी प्रदेशमा ९१ हजार हेक्टरमा रोपाइँ भएको छ। यहाँ ९४ हजार हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको थियो। तीन हजार हेक्टरले रोपाइँ घटेको छ। लुम्बिनी प्रदेशमा तीन लाख २ हजार हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको थियो। तर, यहाँ तीन लाख ९८ हजार हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको छ। यहाँ चार हजार हेक्टर क्षेत्रफल रोपाइँ घटेको छ।
कर्णाली प्रदेशमा ४१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अमुमान गरिएकोमा ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सकेको छ।
यस्तै, सुदूपश्चिममा एक लाख ७६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने हनुमान गरिएकोमा एक लाख ७० हजार हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको छ। यहाँ एक हजार हेक्टर अनुमानभन्दा कम रोपाइँ भएको विभागले जनाएको छ।