काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापारिक सल्लाहकार पिटर नभारोले भारतीय व्यापारीहरुले रुसी तेल खरिद गरेर ठूलो नाफा कमाएको बताएका छन्। उनले व्यापारीहरूले रुसी तेलबाट नाफा कमाउँदा भारतले ठूलो मूल्य चुकाइरहेको दाबी गरेका छन्।
नभारोले भने, 'भारतले रुसबाट तेल किनिरहेको छ। युक्रेनमा आक्रमण गर्न पैसा दिइरहेको छ। यसबाट रुस र अमेरिकालाई हानी भइरहेको छैन। तर, आम भारतीयलाई हानी भइरहेको छ। उनीहरूले यो बुझ्नुपर्छ।'
नभारोले भारतले व्यापार असन्तुलन बन्दै गएको आरोप लगाउँदै अमेरिकाको हितविरुद्ध रहेका गठबन्धनलाई पनि बलियो नबनाउने दाबी गरे।
नभारोको टिप्पणीसँगै कांग्रेस नेता पवन खेराले सोमबार कडा आपत्ति जनाए। अमेरिकाले भारतविरुद्ध आधारहीन बयान दिन उपयुक्त नहुने बताए।
यस्तै, तृणमूल कांग्रेसका राज्यसभा सांसद सागरिका घोषले पनि यस विषयमा प्रतिक्रिया जनाएकी छन्। उनले भनिन्, 'अंग्रजी भाषी संसारमा धनीहरूका लागि ब्राह्मण शब्द प्रयोग गरिन्छ। यस्तो अवस्थामा, नाभारोको भनाइ भ्रामक मात्र होइन। उनको अज्ञानता पनि झल्काउँछ।'
प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का सदस्य तथा प्रसिद्ध अर्थशास्त्री सञ्जिव सान्यालले नभारोको टिप्पणीमाथि कडा आपत्ति जनाएका छन्। उनले भने, 'अमेरिकाको बौद्धिक सर्कलमा भारतप्रति कस्तो प्रकारको पूर्वाग्रह हाबी छ भनेर देखाउँछ। यो सोच १९औँ शताब्दीका जेम्स मिल जस्ता औपनिवेशिक लेखकहरूको विरासत हो।'
यसअघि पनि नभारोले ब्लूमबर्ग टिभीसँगको अन्तर्वार्तामा रुस-युक्रेन युद्धलाई 'मोदी युद्ध' भनेका थिए। त्यसबेला उनले भनेका थिए, 'भारतले रुसबाट सस्तोमा तेल किन्छ। प्रशोधन गर्छ। उच्च मूल्यमा बेच्छ। यसले रुसलाई युद्धको लागि पैसा दिन्छ। उसले युक्रेनमाथि आक्रमण गर्छ।'
नभारो ट्रम्पका सबैभन्दा नजिकका सल्लाहकार हुन्। उनले आफ्नो अघिल्लो कार्यकालमा ट्रम्पको व्यापार नीति बनाएका थिए। एजेन्सी