काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिए पनि इरानले आइतबार मध्यराती इजरायलमा मिसाइल प्रहार गरेको छ। इरानले मिसाइल हानेपछि प्रत्याक्रमणमा उत्रिएको इजराका राजधानी तेहरानसहितका सहरमा प्रत्याक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
इरानले लेबनानमाथि इजरायली आक्रमण नरोकिएकाले त्यसको प्रतिकारस्वरुप जवाफी हमला गरेको बताएको छ। इजरायलले राजधानी तेहरान, तरबिज, इस्फहानलगायत सहरमा आक्रमण गरेको छ।
इरानले अमेरिकासँग युद्ध विरामको लागि लेबनानमा पनि युद्ध रोकिनुपर्ने माग गर्दै आइरहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनलाई समेत अवज्ञा गर्दै अघि बढेको इजरायलको कारण पछिल्लो युद्ध भड्किएको हो।
अमेरिकासँग इरानको युद्ध भाँडिएको अवस्थामा इजरायलसँग मात्रै भए पनि युद्ध हुने निश्चित छ। यस्तो अवस्थामा मध्यपूर्वमा रहेका धेरै नेपाली प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्।
इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले लेबनानको राजधानी बेरुतमाथि इजरायलले गरेको आक्रमणको जवाफस्वरूप गरिएका पछिल्ला प्रहार केवल ‘चेतावनी’ मात्र भएको जनाएको छ।
इरानी सरकारी समाचार एजेन्सी इर्नाका अनुसार राष्ट्रिय नागरिक उड्डयन संगठनका प्रवक्ता मजिद अखभानले सुरक्षा मूल्यांकनका आधारमा अर्को सूचना जारी नभएसम्म देशको पश्चिमी क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको दिए। सुरक्षालाई ध्यानमा राख्दै इराक र सिरियाले पनि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका छन्।
इजरायलले जवाफी आक्रमण नगर्ने ट्रम्पको आशा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच थप सैन्य तनाव नबढाउन आग्रह गरेका छन्। अनलाइन समाचार माध्यम एक्सियोससँगको संक्षिप्त अन्तर्वार्तामा उनले इजरायललाई थप जवाफी कारबाही नगर्न सुझाव दिने बताएका हुन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको उपनाम प्रयोग गर्दै ट्रम्पले भने, ‘म अहिले नै बीबीलाई फोन गरेर जवाफी कारबाही नगर्न भन्नेछु। यदि बीबीले पुनः हमला गरे यो प्रतिशोधको शृंखला विगत ४७ वर्षदेखि जस्तै निरन्तर चलिरहनेछ।’–एजेन्सी