काठमाडौं। विश्व महाशक्ति चीनले दोस्रो विश्वयुद्धमा जापानको पराजयको ८०औँ वार्षिकोत्सवमा विजय दिवस मनाइरहेको छ। अमेरिकापछि आर्थिक र सैनिक शक्ति दोस्रो रहेको चीन पछिल्लो समय उदाउँदो अर्थतन्त्रको केन्द्र बन्दै गएको छ।
विश्वमा सैनिक शक्ति बढाउने होडबाजी चलिरहेको बेला चीन पनि यसमा सामेल भएको छ। बन्द समाज र सामरिक शक्तिको विवरण कुनै पनि महाशक्ति राष्ट्रले नगरे पनि यसबारे प्रतिवेदन सार्वजनिक हुने गरेका छन्। चीनले मनाइरहेको सैन्य दिवसमा पनि सैन्य शक्तिबारे चर्चा चुलिएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले राजधानी बेइजिङको तियानमेन स्क्वायरमा परेडको सलामी लिए। जिनपिङको भाषणपछि सैन्य परेड आयोजना गरिएको थियो।
आफ्नो भाषणमा राष्ट्रपति सीले भने, ‘चीन कसैको धम्कीबाट डराउँदैन। सधै अगाडि बढिरहन्छ।’ उनले जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लडेका सैनिकहरूलाई सम्मान गर्न अपील गरे।
चीनको रक्षा बजेट २४५ अर्ब डलर छ। यो विश्वको दोस्रो ठूलो रक्षा बजेट हो। तर, यसको आकार अमेरिकाभन्दा अति सानो छ।
बीबीसी रिपोर्टअनुसार परेडमा चीनले ठूला र शक्तिशाली हातहतियारसँगै हाइपरसोनिक ग्लाइड सवारी साधन, वाइजे-२१ एन्टी-सिप क्रुज मिसाइल र जेएल-३ पनडुब्बी प्रक्षेपित ब्यालिस्टिक मिसाइल प्रदर्शन गरेको छ।
चीनको रक्षा बजेट कति?
चीनको रक्षा बजेट २४५ अर्ब डलर छ। यो विश्वको दोस्रो ठूलो रक्षा बजेट हो। तर, यसको आकार अमेरिकाभन्दा अति सानो छ। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार बेइजिङले आफ्नो जीडीपीको १.६ प्रतिशत आफ्नो सेनामा खर्च गर्छ। जुन अमेरिका र रुसको तुलनामा धेरै कम हो।

यता विश्वको शक्तिशाली अमेरिकाले हरेक वर्ष आफ्नो रक्षा बजेटमा ८८६ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्दै आएको छ। यो चीनको रक्षा बजेटभन्दा धेरै हो। अमेरिकाले रक्षा बजेटमा आफ्नो जीडीपीको ३ प्रतिशत खर्च गर्छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनले सन् २०५० सम्ममा विश्वस्तरीय सेना बन्ने लक्ष्य लिएको छ। जसका कारण पछिल्लो समयमा चीनले आफ्नो सेनाको आधुनिकीकरणमा जोड दिँदै लगानी गरिरहेको छ।
सैन्य शक्तिमा चीन कति बलियो?
ग्लोबल फायर पावरकाअनुसार सन् २०२५ को सैन्य शक्तिको वरीयतामा अमेरिका शीर्ष स्थानमा छ। यसको विपरीत चीनसँग सैन्य शक्तिको वरीयतामा तेस्रो स्थानमा छ।
चीनसँग जनमुक्ति सेना (पीएलए)को सेनामा साढे २५ लाख सैनिक र नौसेनामा तीन लाख ८० हजार नाविक छन्। वायुसेनामा लगभग चार लाख जना छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ट्यारिफ र गम्भीर आवास बजार संकटबीच यस्तो उपलब्धि हासिल गर्नुले चकित बनाएको विश्लेषकहरूले बताउँदै आएका छन्।
पीएलए वायुसेनामा एक हजार २१२ लडाकु विमान, आक्रमण प्रकार ३७१, ट्रम्पस्पोर्ट प्रकार २८९, प्रशिक्षक ४०२, ट्यांकर फ्लिट १० र हेलिकप्टर ९१३ सहित कुल तीन हजार ३०९ विमान छन्।
बढ्यो चीनको अर्थतन्त्र
विश्वको पहिलो ठूलो अर्थतन्त्र अमेरिका हो। दोस्रो ठूलो अर्थतन्त्रमा चीन रहेको छ। सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा राम्रो आर्थिक प्रदर्शन गर्दै चीनले ५.२ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको छ ।
XxjpieE000040_20250903_PEPFN0A001-1756880495.JPG)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ट्यारिफ र गम्भीर आवास बजार संकटबीच यस्तो उपलब्धि हासिल गर्नुले चकित बनाएको विश्लेषकहरूले बताउँदै आएका छन्।
आर्थिक वृद्धिमा उद्योग क्षेत्रको योगदान उल्लेखनीय रहेको छ। जसले ६.४ प्रतिशतको वृद्धिदर देखाएको छ। थ्रीडी प्रिन्टिङ यन्त्र, विद्युतीय सवारी साधन (ईभी) र औद्योगिक रोबोटजस्ता प्रविधिमा माग उच्च देखिएको बताइएको छ।
सेवा क्षेत्रमा समेत यातायात, प्रविधि तथा वित्तीय सेवाहरूको माग बढेसँगै सकारात्मक वृद्धि देखिएको छ। तर, उपभोग पक्ष भने कमजोर देखिएको छ। खुद्रा बिक्री (रिटेल सेल्स) को वृद्धि दर मे महिनाको ६.४ प्रतिशतबाट घटेर जुनमा ४.८ प्रतिशतमा सीमित भएको ब्यूरोले जनाएको छ। एजेन्सी

+XxjpieE000036_20250903_PEPFN0A001-1756880497.JPG)