काठमाडौं। भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध माग गर्दै जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारी दमनपछि सर्वत्र आलोचना भइरहेको छ।
युवा पुस्ताको माग स्वीकार्नुको सट्टा गोली हानेर ज्यान लिएको भोलिपल्ट मन्त्रीनिवास, सरकारी कार्यालय जोगाउन भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ।
आज बिहान ७ देखि राती १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम ललितपुर जिल्लाको विभिन्न स्थानमा कर्फ्यु लगाइएको हो।
ललितपुर महानगर–२, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।
यस्तै, वडा–४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा–२ सानेपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा–१ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
