काठमाडौं। नेपालमा उत्पादन गरिने गहुँको तथ्यांक विश्वसिलो नरहेको पाइएको छ। संघीयता पछिका कृषिका तथ्यांकहरु अनुमानकै भारमा गरिने भएकाले गहुँको तथ्यांक अप्रत्यरिलो भएको हो। नेपाली गहुँ उत्पादन वास्तविक नरहेको बताइएको छ।
नेपालमा गहुँको उत्पादनको सरकारी तथ्यांक र वास्तविक अवस्थाबीच ठूलो भिन्नता रहेको नेपाल फ्लोर मिल एसोसिएसनको दाबी छ। नेपालमा उत्पादन हुने गहुँ फ्लोर मिलले आटा तथा मैदा उत्पादन गर्न सबै भन्दा बढी खपत गर्ने उद्योगीले जनाएका छन्।
नेपाल फ्लोर मिल्स एससिएसनका सचिव आनन्द ओझा अनुसार, सरकारी तथ्यांकमा वार्षिक २० देखि २१ लाख लाख टन गहुँ वार्षिक उत्पादन छ। तर वास्तविकतामा उत्पादन त्यसको आधा मात्रै अर्थात् १०-११ लाख टन रहेको छ। ‘यो तथ्यांक १५-२० वर्ष पुरानो हो,’ उनी भन्छन्।
खेतीयोग्य जमिन प्लटिङ र बाढीपहिरोका कारण घट्दै जानु, पहाडी क्षेत्रबाट युवा पलायन हुनु र तराईका केही क्षेत्रमा धान र उखु खेतीमा किसानको आकर्षण बढ्नुले पनि गहुँ उत्पादनमा कमी आएको ओझले बताए। तर सरकारी कागजमा खासै घटेको देखिदैन। नेपालमा करिब सरकारी तथ्यांकको आधा मात्रै गहुँ उत्पादन भइरहेको उनको दाबी छ।
नेपालमा गहुँको मात्रै नभई कृषि तथ्यांक पुनर्विचार गर्नुपर्ने देखिन्छ। संघीयता अगाडिको तथ्यांक केही हदसम्म सही भए पनि संघीयतापछिको तथ्यांक संकलन संरचना टुटेको कृषिविज्ञ राम बहादुर केसी बताउँछन्।
‘सरकारको २०/२२ लाख टन गहुँ उत्पादनको कुनै एकदम सोलिड बेस छैन,’ ओझ भन्छन्, ‘१५-२० वर्ष अगाडिको डाटाको आधारमा पानी परेको आधारमा, एउटा क्युमुलेटिभ हिसाबले बढाउँदै लिएर आएको हो। यसको चेकजाँच लास्ट कहिले भएको भन्ने २० वर्षभन्दा पछाडि जानुपर्छ।’
ओझाको यो भनाईलाई आधार मन्ने हो भने ९ लाख टन गहुँ उद्योगमा खपत भएको देखिन्छ। बाँकी रहेको २ लाख टन गहुँ मात्रै आम नागरिकले उपभोग गरिरहेका छन् भने प्रश्न अमं हुन्छ।
नेपालमा पछिल्ला चार आर्थिक वर्षमा गहुँको उत्पादन घट्दो क्रममा देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म गहुँ उत्पादनमा लगातार गिरावट आएको छ। आर्थिक वर्ष २०७७/७८ मा ७ लाख ११ हजार ६७ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकोमा २०८०/८१ मा यो घटेर ६ लाख ८१ हजार ८ सय ५१ हेक्टरमा सीमित छ।
नेपालमा गहुँको मात्रै नभई कृषि तथ्यांक पुनर्विचार गर्नुपर्ने देखिन्छ। संघीयता अगाडिको तथ्यांक केही हदसम्म सही भए पनि संघीयतापछिको तथ्यांक संकलन संरचना टुटेको कृषिविज्ञ राम बहादुर केसी बताउँछन्। संकलन गरिने कृषि तथ्यांक पुनर्विचार गर्नु पर्ने केसी सुझाउँछन्।
नेपालमा वार्षिक रुपमा २१ देखि २३ लाख टन गहुँ आवश्यक पर्ने सरकारी तथ्यांकले देखाउँछन्। कृषि मन्त्रालयको तथ्यांकले २० देखि २१ लाख टन बार्षिक गहुँ उत्पादन हुने देखाएको छ, भने भन्सार विभागले वार्षिक ६ हजार टनदेखि १ लाख ९१ हजार टन गहुँ आयात भइरहेको छ।
तर गत वर्ष भारत सरकारले आफ्नो खाद्य सुरक्षाका लागि भन्दै गहुँ निर्यातमा रोक लगाएको थियो। यसले नेपालले वर्षभरमा २ टन मात्रै गहुँ आयात गरेको भन्सार विभागको तथ्यांक छ।
नेपालमा आवश्यक पर्ने गहुँ विवरणः

पाँच वर्षमा गहुँ आयात विवरणः

गहुँको क्षेत्रफल र उत्पादन घट्दो
नेपालमा पछिल्लो समय गहुँ खेतीको क्षेत्रफल र उत्पादन घटेको छ। नेपालको पश्चिमी तराई र पहाडका जिल्लामा गहुँ खेती गरिन्छ। देशभर ७ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा गहुँ खेती हुँदै आएकोमा पछिल्लो १ लाख हेक्टर क्षेत्रफल घटेर वर्ष ६ लाख हेक्टरमा गहुँ खेती सिमित देखिन्छ। सोबाट बर्सेनि करिब २१ लाख टनभन्दा बढी गहुँ उत्पादन हुदै आएकोमा २० लाख टनमा उत्पादन सिमित भएको कृषि तथा पशुपन्छि मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
पुरानो र स्थानीय बीउ प्रयोग गर्दा उत्पादन घट्ने हुन्छ। आधुनिक कृषि उपकरण तथा प्रविधिको प्रयोगमा कमी हुनु पनि उत्पादन घट्नु पनि कारण रहेको केसीको तर्क छ।
क्षेत्रफल घट्दै जानुमा कृषि क्षेत्रमा किसानको अर्कषाण घट्दै जानुरहेको छ। कृषिविज्ञ केसीका अनुसार, गाउँभन्दा सहरी क्षेत्रमा बसोबास गर्न रुचाउने भएकाले खेती योग्य जमिन बाँझो हुँदै गए, उत्पादन घटेको हो। ‘गाउँ-गाउँ सडक पुगेको छ, जवन मान्छे वैदेशिक रोजगारीमा छन्,’ उनले भने, ‘खेती गरेर खानुभन्दा खरिद गरेर खाने प्रचलन बढेको छ।’ नेपालका धेरैजसो क्षेत्रमा गहुँ खेती सिँचाइको अभावमा बर्षामा निर्भर छ। पर्याप्त र समयमै सिँचाईको सुविधा नहुँदा गहुँको उत्पादन घट्छ।
यसका साथै, किसानले समयमा उन्नत बीउ र मल पाउन सकेका अवस्था कमै छ। पुरानो र स्थानीय बीउ प्रयोग गर्दा उत्पादन घट्ने हुन्छ। आधुनिक कृषि उपकरण तथा प्रविधिको प्रयोगमा कमी हुनु पनि उत्पादन घट्नु पनि कारण रहेको केसीको तर्क छ।
गहुँको क्षेत्रफल र उत्पादन विवरणः
