सिंगापुर/न्यूयोर्क। विश्वभरका आर्थिक र राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताले आफ्नो पैसा सुरक्षित ठाउँमा राख्न खोज्दा सुनको मूल्यले प्रतिऔंस ४,००० डलर अर्थात २,९८५ पाउन्डभन्दा बढीको रेकर्ड उचाइ छोएको छ।
याे सुनमा १९७० को दशकदेखिको सबैभन्दा ठूलो वृद्धि हाे, जुन अप्रिलदेखि करिब एक तिहाइले बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापारलाई प्रभावित पार्ने महसुल घोषणा गरेपछि यो उल्लेखनीय वृद्धि देखिएको हो। विश्लेषकका अनुसार लगानीकर्तालाई चिन्तित तुल्याउने अर्को प्रमुख मुद्दा अमेरिकी सरकार बन्दका कारण प्रमुख आर्थिक तथ्यांकको प्रकाशनमा ढिलाइ हो, जुन अहिले दोस्रो हप्तामा प्रवेश गरिसकेको छ।
सुनलाई सुरक्षित आश्रय लगानीको रूपमा हेरिन्छ, जसले बजार अशान्ति वा आर्थिक मन्दीको समयमा आफ्नो मूल्य कायम राख्ने वा बढाउने अपेक्षा गरिन्छ। स्पट गोल्डको मूल्य अर्थात् तुरुन्त डेलिभरीका लागि बहुमूल्य धातुको वास्तविक समय बजार मूल्य बुधबार दिउँसो एसियामा प्रतिऔंस ४,०३१ डलरभन्दा बढी पुगेको थियो।
त्यसैगरी गोल्ड फ्युचर्स जुन बजार भावनाको मापदण्डको रूपमा काम गर्छ, त्यो पनि अक्टोबर ७ मा सोही स्तरमा पुगेको थियो। फ्युचर्स भनेको भविष्यमा पूर्व-निर्धारित मितिमा सम्पत्ति किन्न वा बेच्ने सम्झौता हुन्।
सार्वजनिक खर्चमा बारम्बार गतिरोधका कारण सुरु भएको अमेरिकी सरकार बन्द ‘सुनको मूल्यका लागि अनुकूल हावा’ हो भनी सिंगापुरस्थित बैंक ओसीबीसीका दर रणनीतिकार क्रिस्टोफर वोङले बताएका छन्। उनले थपे लगानीकर्ताह अघिल्लो अमेरिकी सरकार बन्दका बेला पनि सुन जस्ता सुरक्षित आश्रय सम्पत्तितर्फ लागेका थिए।
विगत महिनामा सुनको अभूतपूर्व वृद्धिले विश्लेषकको अपेक्षालाई समेत नाघेको यूओबी बैंकका बजार रणनीति प्रमुख हेङ कुन हाउले बताएका छन्।
ट्रम्पको पहिलो कार्यकालमा भएको एक महिना लामो बन्दको समयमा सुनको मूल्य करिब चार प्रतिशतले बढेको थियो। तर, वोङले यदि सरकार बन्द केही लगानीकर्ताहरूले अपेक्षा गरेभन्दा चाँडो समाप्त भयो भने सुनको मूल्य घट्न सक्छ।
विगत महिनामा सुनको अभूतपूर्व वृद्धिले विश्लेषकको अपेक्षालाई समेत नाघेको यूओबी बैंकका बजार रणनीति प्रमुख हेङ कुन हाउले बताएका छन्। उनका अनुसार यो वृद्धि कमजोर अमेरिकी डलर र रिटेल लगानीकर्ता भनेर चिनिने गैर-व्यावसायिक खरिदकर्ताले सुन खरिद गर्नुसँग पनि जोडिएको छ।
सुनमा लगानी गर्ने सबैले भौतिक बहुमूल्य धातु किन्दैनन् भन्ने कुरा उल्लेखनीय छ। केही लगानीकर्ताले आफ्नो पैसा एक्सचेन्ज-ट्रेडेड फन्डजस्ता वित्तीय उत्पादनहरूमा लगाउँछन्, जुन सुनद्वारा समर्थित हुन्छन्। विश्व सुन परिषद् व्यापार संघका अनुसार यस वर्ष अहिलेसम्म सुन ईटीएफमा रेकर्ड ६४ अर्ब डलर लगानी गरिएको छ।
बहुमूल्य धातु डिलर र भण्डारण प्रदायक सिल्भर बुलियनका संस्थापक ग्रेगोर ग्रेगरसनले आफूले विगत वर्षमा ग्राहक संख्या दोब्बरभन्दा बढी भएको देखेको बताएका छन्। उनका अनुसार रिटेल लगानीकर्ता, बैंकहरू र धनी परिवारहरू विश्वव्यापी आर्थिक अनिश्चितता विरुद्ध सुरक्षाको रूपमा हेर्दै बढ्दो रूपमा सुनतर्फ लागिरहेका छन्।
ग्रेगरसनले भने, ‘हाम्रा अधिकांश ग्राहक दीर्घकालीन धारकहरू हुन्।’ उनले आफ्ना अधिकांश ग्राहकले सुन चार वर्षभन्दा बढी समय भण्डारण गर्ने गरेको बताए। सुन कुनै बिन्दुमा घट्नेछ, तर आर्थिक वातावरणलाई ध्यानमा राख्दा यो कम्तिमा पाँच वर्षसम्म माथिल्लो प्रवृत्तिमा रहनेछ।
वोङले सुनको मूल्यमा हालको वृद्धिले फेडले ब्याज दरहरू घटाउनेछ भन्ने अपेक्षा प्रतिविम्बित गरेको बताए, जसले सुनलाई थप आकर्षक बनाउँछ। यसैबीच राष्ट्रपति ट्रम्पले फेडमा दबाब बढाइरहेका छन्।
तर, सुनको मूल्य घट्ने र बढ्ने पनि गर्छ। ओसीबीसीका वोङका अनुसार यदि ब्याज दरमा वृद्धि भयो वा भूराजनीतिक तनाव र राजनीतिक अनिश्चितता कम भयो भने सुनको मूल्य घट्न सक्छ। उदाहरणका लागि गत अप्रिलमा ट्रम्पले फेड अध्यक्ष जेरोम पावललाई बर्खास्त गर्नबाट पछि हटेपछि सुनको मूल्य करिब ६ प्रतिशतले घटेको थियो। वोङले भने, ‘सुनलाई प्रायः अनिश्चितता विरुद्ध बचावको रूपमा हेरिन्छ, तर यो बचाव खोल्न पनि सकिन्छ।’
यूओबीका हेङले सन् २०२२ को उदाहरण दिँदै त्यस वर्ष अमेरिकी केन्द्रीय बैंकले कोभिड-१९ महामारीबाट सुरु भएको मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर बढाएपछि सुनको मूल्य प्रतिऔंस दुई हजार डलरबाट एक हजार ६ सय डलरमा खसेको बताए। उनका अनुसार सुनको वर्तमान वृद्धिको मुख्य जोखिम मुद्रास्फीतिमा अचानक पुनरुत्थान हो, जसले फेडरल रिजर्भलाई दर बढाउन प्रेरित गर्न सक्छ।
वोङले सुनको मूल्यमा हालको वृद्धिले फेडले ब्याज दरहरू घटाउनेछ भन्ने अपेक्षा प्रतिविम्बित गरेको बताए, जसले सुनलाई थप आकर्षक बनाउँछ। यसैबीच राष्ट्रपति ट्रम्पले फेडमा दबाब बढाइरहेका छन्।
वोङका अनुसार फेडलाई लक्षित गर्ने राष्ट्रपतिको यस्तो कार्यले ‘विश्वसनीय, मुद्रास्फीति-लक्षित केन्द्रीय बैंकको रूपमा कार्य गर्ने यसको क्षमतामा विश्वासलाई कमजोर पार्न सक्छ। वर्तमान परिस्थितिमा सुनको मूल्य प्रति औंस चार हजार डलर नाघेर रेकर्ड उचाइमा पुग्नुले विश्वव्यापी अर्थतन्त्रमा व्याप्त गहिरो अनिश्चितता र लगानीकर्ताको चिन्ताको प्रत्यक्ष संकेत गरेको छ। साभार बीबीसी