बैंक अफ बरोडाको पछिल्लो प्राइस पिक्चर प्रतिवेदनअनुसार खाद्य मूल्यमा निरन्तर कमी आउँदा उपभोक्ता मूल्य सूचकांक सेप्टेम्बर २०२५ मा करिब १.२ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। आवश्यक वस्तुहरूको गोलभेँडा, प्याज र आलु को मूल्यमा तीव्र सुधारका कारण यो कमी आएको प्रतिवेदनमा उल्लेख छ।
"हामी सेप्टेम्बर २०२५ मा उपभोक्ता मूल्य सूचकांक करिब १.२ प्रतिशत हुने अपेक्षा गर्छौं। यसमा अनुकूल सांख्यिकीय आधारको पनि फाइदा छ। उपभोक्ता मूल्य सूचकांक खाद्यवस्तुको कारणले तलतिर गइरहेको छ। बैंक अफ बरोडा आवश्यक वस्तु सूचकांक लगातार पाँचौं महिनासम्म अपस्फीतिमा रह्यो, जुन सेप्टेम्बरमा वार्षिक रूपमा १ प्रतिशतले घट्यो र अक्टोबरको पहिलो ६ दिनमा ३.८ प्रतिशतले झरेको छ। मासिक रूपमा पनि सूचकांक ०.३ प्रतिशतले घटेको छ, जसले मुख्य खाद्य समूहमा मूल्य दबाब कम भएको देखाउँछ।
गोलभेँडाको खुद्रा मूल्य सेप्टेम्बरमा ८.३ प्रतिशतले घट्यो भने प्याज र आलुको मूल्य क्रमशः ४६.२ प्रतिशत र ३०.९ प्रतिशतले घटेको छ। पर्याप्त आगमन र प्रभावकारी आपूर्ति व्यवस्थापनले यो गिरावट भएकाे हाे।
अनुकूल विश्वव्यापी खाद्य मूल्य र अटोमेकर, एफएमसिजी कम्पनीहरू र ई-कमर्स प्लेटफर्महरूले जिएसटी दर कटौती गर्दा मुद्रास्फीति घट्ने प्रवृत्तिलाई थप बल मिलेको छ। बैंक अफ बरोडाले भारतीय रिजर्भ बैंकको आर्थिक वर्ष २०२६ को पूर्वानुमानभन्दा कम हुने अपेक्षा गरेको छ।
"मध्यवर्ती इनपुट लागत केही बलियो देखिएको छ। तर, उपभोक्ता मूल्य सूचकांकमा तत्काल प्रभाव सीमित छ," प्रतिवेदनमा उल्लेख छ।
यसैबीच, प्रतिवेदनले खाद्य मूल्य नरम रहे पनि उच्च शुल्कका कारण धातु, खनिज र ऊर्जा लागतमा केही दृढता देखिएको सतर्कता दिएको छ। तर, यी इनपुट लागतहरूको उपभोक्ता मूल्यमा प्रभाव सीमित रहेको बताइएको छ। सुनलाई बाहेक राख्दा मूल मुद्रास्फीति ३.१ प्रतिशतदेखि ३.५ प्रतिशतभित्र रहने अपेक्षा गरिएको छ।