काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारवाहीसँगै निर्देशन दिएको छ।
बिहीबार विभागबाट उद्योग, फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक जरिवानासहित कारवाही गरेको हो।
जसमा आरएचएस इन्टरनेशनल प्रा.ल. र विनायक इम्पोरियमलाइ प्रतिफर्म २० हजार रूपैयाँ जरिवाना गरिएको छ। यस्तै, कोठननी इन्टरप्राइजेज र शारदा ट्रेड कन्सर्नलाई प्रतिफर्म पाँच हजार जरिवाना गरिएको छ।
विभागले अन्य १० कम्पनी तथा फर्मलाई आवश्यक कागजात लिएर उपस्थित हुन निर्देशन दिएको छ। जसमा अनन्त इम्पोरियम, शंख पसल, ओरेन्ट लाइट सेन्टर, म्याक्स लाइटिङ्ग इन्टरप्राइजेज, बिग इलेक्ट्रिक बजार प्रा. लि., भेनस लाइट सेन्टर, झिंगु ट्रेडर्स, सिंह स्टोर र पाथीभरा मल्टी स्टोर रहेका छन्।