काठमाडौं। इजरायल र हमासबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको उक्त सूचीमानेपाली नागरिक विपिन जोशीको नाम पनि समावेश छ।
यसअघि विपिनको अवस्था अज्ञात रहेको समाचारहरू आएका थिए। तर अहिले टाइम्स अफ इजरायल, एपीलगायतका सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिन जोशीको नाम उल्लेख गरिएको छ।
शुक्रबार सहमति भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ। यसै क्रममा इजरायलले पनि दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने तयारी गरेको छ।
विपिनसँगै जीवित ठानिएका अन्य बन्धकहरूमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।