काठमाडौं। नेपाली मूलका उद्यमी डा. समीर मास्केबाट स्थापित कृत्रिम बौद्धिकता ९एआई० मा काम गर्ने कम्पनी ‘फ्युज मेसिन’ अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत भएको छ।
फ्युज मेसिनको साधारण सेयर कारोबार नास्डाक स्टक मार्केटमा ‘फ्युज’ सिम्बोलअन्तर्गत बिहीबारदेखि सुरु भएको हो। फ्युज मेसिन नास्डाकमा सूचीकृत हुने पहिलो नेपाली मूलको कम्पनी बनेको छ।
कम्पनी नास्डकमा सूचीकृत भएपछि फ्युजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ९डा। समीर मास्केले खुसी व्यक्त गरेका छन्।
‘एउटा सानो, मिसन–प्रेरित टोलीबाट सुरु गरेर नास्डाकमा सूचीकृत कम्पनी बन्नु हाम्रो नवप्रवर्तन र कार्यसम्पादनप्रतिको अटल प्रतिबद्धतालाई झल्काउँछ। यो सूचीकरण हाम्रो अर्को अध्यायको सुरुआत हो, जुन अनुशासित वृद्धि, रणनीतिक लगानी र सेयरधनीका लागि दिगो मूल्य सिर्जनामा केन्द्रित हुनेछ,’ उनले भने।
सन् २०१३ मा स्थापित फ्युज मेसिनले उत्तर अमेरिका, एसिया नेपाल, डोमिनिक रिपब्लिकलगायत र ल्याटिन अमेरिकामा कार्यालय स्थापना गरी वित्त, खुद्रा, उत्पादन, सरकारी क्षेत्र, स्वास्थ्यलगायत सेवा दिँदै आएको छ।