काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडको संचालक समितिको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक वेंकट वंसीधर कुंचालाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
अध्यक्ष कुंचा एस.बी.आई.को मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत छन्। उनले एस.बी.आई.को २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्ने छन्।
नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष कुंचालाई राष्ट्र बैंक, केन्द्रीय कार्यालय बालुवाटारमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजन विक्रम थापा, निर्देशकहरुसहित एसबिआई बैंकका संचालकहरु रितेश सिन्हा, भरत राज वस्ती, अप्सरा उप्रेती र डा. गोपाल प्रसाद भट्ट उपस्थित थिए।
यस्तै, बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिति थियो।