काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एकैपटक ठूलो संख्यामा उच्च व्यवस्थापन तहमा हेरफेर गरेको छन्। गभर्नर पौडेलले केन्द्रीय बैंकका ११ जना कार्यकारी निर्देशकको जिम्मेवारी परिवर्तन गरेका हुन्। 
उक्त फेरबदलमा राष्ट्र बैंकका शक्तिशाली मानिने बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग जस्ता महत्वपूर्ण विभागहरूको नेतृत्व परिवर्तन भएको छ। गभर्नरको निर्णयअनुसार भएको हेरफेरमा, रामु पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी पाएका छन्। पौडेल यसअघि मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए। राष्ट्र बैंकभित्र सर्वाधिक चासोका साथ हेरिने र महत्त्वपूर्ण मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पौडेलले पाएका छन्। 
यसअघि नियमन विभागको नेतृत्व सम्हालेका गुरु प्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभागमा सरुवा गरिएको छ। मानव संसाधन विभागमा कार्यरत कार्यकारी निर्देशक विश्रुत थापालाई भने वित्तीय संस्था सुपरिवेक्षणको जिम्मोवारी दिइएको छ। 
वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिनालाई भने भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिइएको छ। हाल उक्त विभाग प्रमुख प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक किरण पण्डित छन्। उनलाई विदेशी विनिमय विभाग प्रैमुखको जिम्मेवारी दिइएको छ। 
विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई हटाएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पठाइएको छ। यस्तै, केन्द्रीय बैंकको मौद्रिक नीति निर्माण र कार्यान्वयनमा संलग्न मौद्रिक व्यवस्थापन विभागमा पनि नेतृत्व परिवर्तन भएको छ। यस विभागमा रहेका दयाराम शर्मा गभर्नरको कार्यालयमा सरुवा भएका छन्। उनको स्थानमा डा. डिल्लीराम पोखरेलले मौद्रिक व्यवस्थापन विभागको जिम्मेवारी सम्हालेका छन्। पोखरेल यसअघि बैंकिङ विभागमा कार्यरत थिए। शर्मालाई भने गभर्ननर कार्यालयको जिम्मेवारी दिइएको छ। 
अन्य सरुवाहरूमा सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशन कुमार सिग्देलको बैंकिङ विभागमा सरुवा भएको छ। संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कार्यरत अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाइएको छ। हालै बढुवा भएर गभर्नर कार्यालयमा पदस्थापन भएका राजन विक्रम थापाको भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको छ।
हेरफेर भएका प्रमुख कार्यकारी निर्देशकहरूको सूची:

