काठमाडौं। कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहन गर्न विराटनगरमा विराट ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ।
मोरङ उद्योग व्यापार संघ विराटनगरले आगामी पुस दोस्रो सातादेखि अन्तरराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्पो आयोजना गर्ने लागेको आज आयोजित पत्रकार जानकारी दिइयो।
विराटनगर १ जिल्ला प्रहरी कार्यालय मोरङ नजिक आगामी पुस ९ देखि १९ गतेसम्म विराट ट्रेड एक्स्पो २०२५ आयोजना हुने मोरङ उद्योग व्यापार संघले जानकारी दिएको छ।
एक्स्पोका संयोजक अमितकुमार सारडाका अनुसार एक्सपोमा २३० वटा स्टलहरु रहने छन्। अहिलेसम्म २६ वटा स्टल विदेशीहरुले बुक गरिसकेका छन्।
एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै भारत, बङ्गलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु रहने संयोजक सारडाले बताए।
एक्स्पो आयोजनाका लागि दुई करोड ५० लाख खर्च हुने र करिब ४० करोडको कारोबार हुने बताइएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए। संघले यसअघि विं.सं. २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा व्यापार मेला आयोजना गरेको थियो।