काठमाडौं। लाजिम्पाटको र्याडिसन होटल सञ्चालन गर्ने ओरियन्टल होटलको कारोबार करिब १४७ प्रतिशतले बढेको छ। गत वर्षको पहिलो त्रैमासम गरेको कारोबारको तुलनामा ओरियन्टल होटलको कारोबार १४६.९० प्रतिशतले बढेर चालु वर्षको सोहीअवधिमा २२ करोड २० लाख रुपैयाँ (अपरिस्कृत) पुगेको छ।
गत वर्षको सोहीअवधिमा होटलले ८ करोड ९९ लख रुपैयाँ (परिस्कृत) बराबरको कारोबर गरेको थियो। पाँचतारे होटल र्याडिसन विश्वव्यापी चेन र्याडिसन ग्रुफ अफ होटेल्सको फ्रान्चाइज हो। सन् १९९४ मा नेपालमा स्थापित उक्त होटलको सम्पत्ति व्यवस्थापन र्याडिसन होटेल ग्रुपले गरिरहेको छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ओरियन्टल होटल (र्याडिसन) ले गतवर्षको असार मसान्तसम्मम भने १ अर्ब ७ करोड ९० लाख र अघिल्लो वर्ष भने १ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार गरेको थियो।
ओरियन्टल होटल (र्याडिसन) सन् १९९९ मा पब्लिक कम्पनीमा परिणत गरेको होटलले २ सय ६० कोठाको सुविधासहित सेवा दिँदै आएको छ। १.६ हेक्टर क्षेत्रफलमा फैलिएको कम्पनीले होटलसँगै हालै मात्रै ३० वटा अपार्टमेन्टको व्यवासायिक कारोबार सुरु गरेको छ। ओरियन्टल होटल्स कम्पनीले आफ्नो आम्दनी विविधिकरण गर्न २०८२ साउनदेखि अपार्टमेन्टको व्यवसायिक कारोबार सुरु गरेको हो।
अपार्टमेन्ट निर्माणको लागि ओरियन्टल होटल्सले ऋण लिएको थियो। जसको नविकरणको लागि कम्पनीले राष्ट्र बैंकको नीतिअनुसार कम्पनी रेटिङ गराएको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था मूल्यांकन गरी १ अर्ब ८० करोड ६० लाख रुपैयाँको कर्जा सीमा निर्धारण गरेको छ। जसमा दीर्घकालिन कर्जाम ‘त्रिपलबी’ र अल्पकलिन कर्जामा ‘एथ्रि’ रेटिङ दिएको थियो।
उक्त रेटिङ इक्राले पछिल्लो समयको नकारात्मक प्रभावकारण ‘नेगेटिभ इम्प्लिकेशन्ससहितको वाच’ देखाउँदै हटाएको छ। सेप्टेक्बरको जेनजी प्रर्दशनको असरपछि नेपालम पर्यटक आगमनमा आएको संकुचनलाई कारक बनाइएको छ। यद्दपि, आगमी दिनमा होटलबाट मात्र नभएर अपार्टमेन्टबाट पनि कम्पनीको आम्दानी क्षमता बढाउने विश्वास कम्पनीको छ।
नेपालमा पाँचतारे होटलको उच्च प्रतिस्पर्धा छ। कम्पनीकाअनुसार सन् २०२४ मा अकुपेन्सी अघिल्लो वर्षभन्दा घटेर ४३ प्रतिशत, सन् २०२५ मा पनि थप घटेर ३६ प्रतिशत कायम भएको छ। कम्पनीले २ सय ६० वटा कोठामध्ये ४० वटाको सन् २०२३ मा रिनोभेसन गरेको थियो। कम्पनीले ६० वटा कोठाको सन् २०२६ सम्ममा रिनोभेसन गर्ने योजना बनाएको छ।
कम्पनीले चरणबद्धरुपमा कोठाको रिनोभेसन गर्ने योजना बनाएको छ। उक्त रिनोभेसनका लागि कम्पनीले कर्जा लिएको र उक्त कर्जा नविकरण गर्न लागेको उल्लेख गरेको छ। कम्पनीले हकप्रद सेयरमार्फत पनि थप पुँजी जुटाउँने योजन बनाएको छ।