काठमाडौं। निर्वाचन आयोगमा ६४ दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाए पनि मुलुकको पुरानो प्रजातान्त्रिक दल भनिने नेपाली कांग्रेस अहिलेसम्म सूची बुझाएको छैन। आइतबार र सोमबार समानुपातिक सूची बुझाउने दिन तोकिएकोमा कुल ६४ दलले बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार ५४ वटा दलले आ–आफ्नो चुनाव चिह्न कायम रहने गरी सूची बुझाएका छन्। १० वटा दलले भने विभिन्न चार वटा चुनाव चिह्न कायम गरी सूची बुझाएका हुन्। आयोगका अनुसार ६४ दलका ४ हजार ४२४ जना समानुपातिकतर्फ उम्मेदवार कायम भएको छ।
आयोगमा उम्मेदवारको बन्दसूची बुझाउने दलमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्ट माक्र्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी, नेपाल, नेपाल जनता संरक्षण पार्टी रहेका छन्।
यस्तै, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, उन्नत लोकतन्त्र पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, पिपुल फस्र्ट पार्टी, नेपालका लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि बन्दसूची बुझाएका छन्।
यसैगरी त्रिमूल नेपाल, स्वाभिमान पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी), राष्ट्रिय ऊर्जाशील पार्टी, एकल चिह्न मोबाइल, राष्ट्रिय एकता दल, राष्ट्रिय गौरव पार्टी, एकल चिह्न जाँचो (चकिया), श्रम संस्कृति पार्टी, नेशनल रिपब्लिक नेपाल, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका छन्।
नेपाल सद्भावना पार्टी, नेकपा (एमाले), जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस बीपी, राष्ट्र निर्माण पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी नेपाल, एकल चिह्न जकर भएको सिंह, नेपाली जनश्रमदान संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाली कम्युनिस्ट पार्टी, नेपाली जनता दल, जय मातृभूमि पाटीर्ले सूची बुझाएका छन्।
यस्तै, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी, सार्वभौम नागरिक पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, एकल चिह्न बस,. संयुक्त नागरिक पार्टीले बन्दसूची बुझाएका छन्। गए राती १२ बजेसम्म धरौटी बुझाएर निस्सा लिएका दलहरुले आज बिहान १० बजेसम्म बन्दसूची बुझाउन पाउनेछन्।
विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अहिलेसम्म आयोगमा पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सकेको छैन।
बन्दसूची लिएर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार निर्वाचन आयोगमा पुगेको भए पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएपछि ढिला भएको बताइएको छ। कांग्रेसमा उम्मेदवार छनोटमा विवाद हुँदा सूची बनाउने क्रममै ढिला भएको बताइएको छ।