काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सर्वोत्तम सिमेन्टसहित ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।
सन नेपाल लाइफ इन्स्योरन्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको १ करोड २३ लाख ४८ हजार ३९० कित्ता सूचीकृत भएको हो।
नेपसेमा सन नेपाल लाइफको २५ लाख १५ हजार ६१६ कित्ता, स्वरोजगार लघुवित्तको ११ लाख ज्ञ७ हजार ९२.२७ कित्ता र स्वावलम्बन लघुवित्तको ९ लाख ३३ हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यसैगरी छिमेक लघुवित्तको ४० लाख १९ हजार १८२.३४ कित्ता, सिक्लेस जलविद्युतको १२ लाख ७५ हजार कित्ता र सर्वोत्तम सिमेन्टका २४ लाख ८७ हजार ७५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
बोनस सेयर कम्पनीहरुले अघिल्लो आर्थिक वर्षमा सेयरधनीलाई वितरण गरेका हुन्। अघिल्लो वर्ष सन नेपाल लाइफले ५ प्रतिशत, स्वरोजगार लघुवित्तले १४.२५ प्रतिशत, स्वावलम्बन लघुवित्तले ५.६३.६५ प्रतिशत, छिमेक लघुवित्तले १२.५ प्रतिशत, सिक्लेस हाइड्रोपावरले १५ प्रतिशत र सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस शेयर वितरण गरेका थिए।