काठमाडाैं। काठमाडौंमा 'मक्र्योर काठमाडौं' सफलतापूर्वक सञ्चालन गरेर नेपाली आतिथ्य क्षेत्रमा नयाँ आयाम थपेका उद्यमी देशबन्धु बस्नेत (अजित)ले पूर्वी नेपाललाई समेत अन्तर्राष्ट्रिय होटल सेवाको नक्सामा राख्ने तयारी पूरा गरेका छन्। उनको नेतृत्वमा पूर्वी नेपालको तेजिलो विकासशील शहर इटहरीमा विश्वविख्यात अमेरिकी होटल चेन ब्राण्ड 'रमडा बाइ विन्डम'को सुरुवात हुन लागेको हो।
यसले पूर्वी नेपालको आर्थिक र पर्यटकीय परिदृश्यमा आमूल परिवर्तनको सन्देश प्रवाह गरेकाे छ। विन्डम होटल्स एण्ड रिसोर्टस् अन्तर्गतको लोकप्रिय मिड-स्केल ब्रान्ड 'रमडा'को पूर्वी नेपालका लागि गर्व र उत्साहको विषय बनेको छ। नेपालकै मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित भइरहेको इटहरीमा यस्तो अन्तर्राष्ट्रिय स्तरको होटल आउनु क्षेत्रीय विकासको महत्वपूर्ण उपलब्धि मानिएको छ।
अबको एक महिनाभित्र पूर्ण क्षमतामा सञ्चालनमा आउन लागेको यस होटलले आधुनिकता र परम्परागत नेपाली आतिथ्यताको सुन्दर समन्वय प्रस्तुत गर्नेछ। होटलमा कुल ८१ वटा कोठा रहेका छन्, जसमध्ये ५७ डिलक्स सिंगल, १४ डिलक्स डबल, २ एक्जिक्युटिभ रुम, ६ जुनियर स्वीट र २ स्वीट रुम छन्। प्रत्येक कोठा अत्याधुनिक सुविधाले सुसज्जित हुनेछ र अतिथिहरूलाई घरजस्तै आरामदायी अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।
रमडा बाइ विन्डम इटहरीले पूर्वी नेपालमा पहिलो पटक यस स्तरको विश्वमानको सेवा प्रदान गर्न लागेको हो। होटलमा टेरेस बार रहनेछ, जहाँ बसेर अतिथिहरूले सहरको मनमोहक दृश्यावलोकन गर्दै पेय पदार्थको आनन्द लिन सक्नेछन्। आल डे डाइनिङ रेस्टुरेन्टमा विविध खानाका परिकार उपलब्ध हुनेछन् भने आधुनिक कफी शपमा गुणस्तरीय कफी र स्न्याक्सको मजा लिन सकिनेछ।

कार्यक्रम र बैठकका लागि होटलमा दुई वटा भव्य ब्यांक्वेट हल छन्, जुन विवाह र ठूला समारोहका लागि उपयुक्त हुनेछन्। व्यावसायिक बैठक र सम्मेलनका लागि आधुनिक मिटिङ रुमहरू पनि उपलब्ध छन्। मनोरञ्जन र स्वास्थ्यका लागि आउटडोर लाउन छ, जहाँ प्रकृतिको काखमा विश्राम गर्न सकिन्छ। पूल बारमा स्वीमिङको साथै ताजगीपूर्ण पेय पदार्थको आनन्द लिन सकिनेछ भने अत्याधुनिक स्वीमिङ पूल, पूर्ण सुसज्जित जिम, स्टीम र साउना सुविधा पनि उपलब्ध हुनेछन्। यी सबै सुविधाहरू पूर्वी नेपालमा पहिलो पटक एउटै होटलमा उपलब्ध हुन लागेका हुन्, जसले इटहरीलाई पूर्वी नेपालकै प्रमुख आतिथ्य गन्तव्यका रूपमा स्थापित गर्नेछ।
होटललाई स्थानीय समुदायको आर्थिक विकासको महत्वपूर्ण माध्यम मानिएकाे छ। होटलले ८० जनाभन्दा बढी स्थानीय युवा-युवतीहरूलाई प्रत्यक्ष रोजगारीको सुनौलो अवसर प्रदान गर्दैछ। यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै युवाहरूलाई आफ्नै शहरमा रहेर अन्तर्राष्ट्रिय स्तरको सीप र अनुभव हासिल गर्ने मौका दिनेछ। यो विदेश पलायन रोक्न र स्थानीय प्रतिभालाई उपयोग गर्ने दिशामा महत्वपूर्ण कदम हो।
कोशी प्रदेशको राजधानी विराटनगरबाट न्यून दूरीमा अवस्थित र छिमेकी मुलुक भारतसँग घनिष्ठ भौगोलिक सम्बन्ध भएको यो शहर द्रुत गतिमा पूर्वी नेपालको व्यापारिक हबका रूपमा विकसित भइरहेको छ। भारतका बिहार र पश्चिम बंगाल राज्यसँगको सजिलो पहुँचले इटहरीलाई सीमापारी व्यापार र पर्यटनको केन्द्रबिन्दु बनाएको छ। जोगबनी र किमान्थाङ नाकाको ट्रान्जिट पोइन्टका रूपमा यसको महत्व निरन्तर बढ्दै गइरहेको छ। यसैले रमडा होटलको स्थापना यहाँ अत्यन्तै सान्दर्भिक र दूरदर्शी निर्णय हो।
नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापतिसमेत रहेका उद्यमी बस्नेतको स्पष्ट दृष्टिकोण छ - पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको नक्सामा प्रमुखताका साथ स्थापित गर्ने। उनी भन्छन्, "रमडा पूर्वी नेपालमा आउँदा आन्तरिक र बाह्य पर्यटक दुवै बढ्नेछन्। जोगबनी र किमान्थाङ नाकाको ट्रान्जिटका रूपमा इटहरीलाई विकास गर्न हामीले यो महत्वाकांक्षी परियोजना अघि बढाएका हौँ" यसबाट भेडेटार, श्रीअन्तु, कोशी टप्पु र इलाममा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्ने उनकाे विश्वास छ।
पूर्वी नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र धार्मिक महत्वका स्थलहरूको भण्डार हो। भेडेटारको सूर्योदय र सूर्यास्तको स्वर्गिक दृश्य, श्रीअन्तुको हिमालको मनमोहक दृश्यावलोकन, कोशी टप्पुको वन्यजन्तु र पक्षी अवलोकन, र इलामको हरियाली र चियाबारीको मोहिनी - यी सबै प्राकृतिक गन्तव्यहरू पर्यटकहरूका लागि स्वर्ग सरह छन्। यस्तै रामधूनी, बराहक्षेत्र, पिण्डेश्वरी र चतराधाम जस्ता धार्मिक तथा सांस्कृतिक महत्वका स्थलहरू पनि यस क्षेत्रमा छन्। रमडा होटलको स्थापनाले यी अमूल्य सम्पदाहरूलाई अन्तर्राष्ट्रिय पर्यटकहरूसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
बस्नेतले धार्मिक पर्यटनको सम्भावनामा पनि जोड दिएका छन्। रामधूनी, बराहक्षेत्र, पिण्डेश्वरी, चतराधाम जस्ता धार्मिक स्थलको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा पनि रमडा बाइ विन्डम इटहरीले महत्वपूर्ण योगदान दिने उनकाे भनाइ छ। यी धार्मिक स्थलहरू आस्थाका केन्द्र मात्र होइनन्, तिनीहरू हाम्रो सांस्कृतिक पहिचान र पर्यटकीय सम्पदा पनि हुन्।
रमडा बाइ विन्डम इटहरी विभिन्न उद्देश्यका पर्यटक र अतिथिहरूको लागि आदर्श गन्तव्य बन्ने छ। व्यावसायिक पर्यटकहरूका लागि आधुनिक मिटिङ सुविधा र व्यावसायिक वातावरणले यसलाई कर्पोरेट बैठक, सम्मेलन र प्रशिक्षणका लागि उत्कृष्ट स्थान बनाउँछ। विवाह समारोह, जन्मदिन पार्टी र अन्य पारिवारिक कार्यक्रमहरूको लागि यहाँको ब्यांक्वेट हल र अन्य सुविधाहरू एकदम उपयुक्त छन्। पूर्वी नेपालको सुन्दर पर्यटकीय स्थलहरूको भ्रमण गर्न चाहने अवकाश पर्यटकहरूका लागि यो होटल उत्तम आधार शिविर हुनेछ। भारत, भुटान, बंगलादेश लगायतका देशबाट आउने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि यहाँ अन्तर्राष्ट्रिय मापदण्डको सेवा उपलब्ध हुनेछ।
बस्नेत करिब एक दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय रूपमा योगदान दिँदै आएका छन्। उनको दूरदर्शिता र प्रतिबद्धताको परिणाम स्वरूप पाँच तारे होटल ब्रान्ड 'मक्र्योर बाइ एकोर' २०२५ जनवरी १५ देखि काठमाडौँको सुकेधारामा सञ्चालनमा हाे। मक्र्योरको सफल सञ्चालनले नेपाली उद्यमीले पनि अन्तर्राष्ट्रिय होटल ब्राण्डलाई सफलतापूर्वक सञ्चालन गर्न सक्ने प्रमाणित गरेको छ। यसले बस्नेतलाई थप उत्साहित तुल्याएको छ र मात्र एक वर्षभित्रै उनले अर्को अन्तर्राष्ट्रिय ब्राण्ड पूर्वी नेपालमा भित्र्याउन सफल भएका छन्।

रमडा बाइ विन्डम इटहरीको आगमनले पूर्वी नेपालको पर्यटन क्षेत्रमा सकारात्मक हलचल ल्याउने निश्चित छ। यसले अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्नेछ, रोजगारीका अवसर सृजना गर्नेछ र स्थानीय अर्थतन्त्र सुदृढ बनाउनेछ। पर्यटकीय पूर्वाधारको विकासमा टेवा पुग्ने र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान दिने यो परियोजनाले सांस्कृतिक आदानप्रदानको माध्यम पनि बन्नेछ। जब विभिन्न देशका पर्यटकहरू यहाँ आउनेछन्, तिनीहरूले हाम्रो संस्कृति, परम्परा र जीवनशैलीलाई नजिकबाट बुझ्ने मौका पाउनेछन्। यसले पूर्वी नेपाललाई विश्व मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
यसले सम्पूर्ण क्षेत्रको पर्यटन, व्यापार र सामाजिक विकासमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास गरिएको छ। जब एउटा अन्तर्राष्ट्रिय होटल ब्राण्ड कुनै ठाउँमा स्थापित हुन्छ, त्यसले त्यो क्षेत्रको सम्पूर्ण पूर्वाधारमा सकारात्मक प्रभाव पार्छ। सडक, सञ्चार, बिजुली, खानेपानी जस्ता आधारभूत सुविधाहरूको विकासमा गति आउँछ र वरपरका अन्य व्यवसायहरू पनि फस्टाउँछन्।
पूर्वी नेपाल अब अन्तर्राष्ट्रिय पर्यटनको नक्सामा आफ्नो विशिष्ट स्थान बनाउन तयार छ, र रमडा होटलले यस यात्रामा मार्गदर्शकको भूमिका निर्वाह गर्नेछ। यो केवल होटल मात्र नभइ पूर्वी नेपालको उज्ज्वल भविष्यको सन्देश हो, विकासको नयाँ अध्याय हो।