काठमाडौं। काभ्रेको पाँचखाल–१० मा रहेको नयाँ गाउँ आवासीय परियोजनाको प्रडक्ट लन्चिङसँगै भएको बुकिङ २५ प्रतिशत सोल्ड आउट भएको छ। लिजेन्ड प्रपाेर्टी कम्पनीले बनाएकाे परियोजनामा १४५ प्लट बिक्रीमा राखिएका छन्।

कम्तीमा ३० फिट चौडा सडक, साइकल लेन र साइडवाकसहितको संरचनासहितको आयोजनमा हरेक परिवारको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर नक्सांकन गरिएको परियोजनामा विद्युत् आपूर्ति, वाटर प्लान्ट, सिल्ड बाउन्ड्री तथा २४ सै घण्टा निगरानी र सुरक्षा व्यवस्थासहित सुरक्षित बसोबास सुनिश्चित गरिएको छ।
यस्तै, क्याफे तथा रेस्टुरेन्ट, मिनी मार्ट, हरियाली खुला क्षेत्र र स्वीमिङ पुललगायत सुविधा रहनेछन्।
कार्यक्रममा कम्पनीका उपाध्यक्ष पूर्णबहादुर लिम्बू, प्रबन्ध निर्देशक रविन चाम्लिङ राई, सञ्चालक राजुराम कुस्मा, राकेश भेले, समीर कुस्मा, प्राविधिक प्रमुख इन्जिनियर दिनेश पोखरेल उपस्थित थिए।

परियोजनाका प्लट किन्नेहरुमा बैंकर, डाक्टर, गैरआवासीय नेपाली, खेलाडी, सेलिब्रेटी, व्यवसायलगायत रहेका छन्।
परियोजनामा विभिन्न वर्ग लक्षित प्लट उपलब्ध गराइएको छ। डिजिटल प्रोफेसनलका लागि फायर ओपल, सेलिब्रिटीका लागि रुबी, बैंकरका लागि सफायर, वर्किङ प्रोफेसनलका लागि गोल्ड, खेलकुद व्यक्तित्वका लागि टान्जानाइट, व्यवसायीका लागि एमेराल्ड, नन–रेसिडेन्ट नेपालीका लागि टोपाज, परिवार तथा साथीहरूका लागि डायमन्ड र व्यावसायिक प्रयोजनका लागि रोज क्वाट्र्ज प्लट उपलब्ध छन्।
