काठमाडौं। जेनेरेसन नेक्स्ट कम्युनिकेसनले नेपालमा ‘एप्पल’का उत्पादन बिक्रीमार्फत एक वर्षमै साढे ६ अर्ब रुपैयाँ बढीको आम्दानी गरेको छ। विश्वविख्यात प्रविधि ब्राण्ड एप्पल र डेलका उत्पादन नेपालमा आधिकारिक रूपमा भित्र्याउने जेनेरेसन नेक्स्ट कम्युनिकेसनले सन् २०२५ मा ६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको हो।
रेटिङ एजेन्सी इन्फोमेरिक्सले सार्वजनिक गरेको रिपोर्टअनुसार एक वर्षको अपधिमा कम्पनीको आम्दानी ५४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीको व्यापार ४ अर्ब २९ करोड १० लाख रुपैयाँ मात्र थियो। साथै, सन् २०२३ मा कम्पनीले २ अर्ब २१ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ५७ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो।
सन् २०१० मा स्थापित जेनेरेसन नेक्स्ट कम्युनिकेसनल ‘भिमसारिया समूह’को एक हिस्सा हो। जसको शतप्रतिशत सेयर स्वामित्व प्रबन्ध निर्देशक पवन कुमार भिमसारियासँग रहेको छ। भिमसारियासँग बैंकिङ र व्यापार क्षेत्रमा चार दशकभन्दा लामो अनुभव छ।
कम्पनी नेपालका लागि एप्पल उत्पादनको एक मात्र आधिकारिक वितरक हो भने कम्पनीको नेपालमा डेलका सामान बिक्री गर्ने तीनवटा आधिकारिक वितरकमध्ये एक हो। हाल कम्पनीको कुल आम्दानीमा एप्पल ब्रान्डको हिस्सा करिब ९७ प्रतिशत रहेको छ।
कम्पनीले हाल नेपालभर १५० भन्दा बढी डेल डिलर र ५० भन्दा बढी एप्पल अधिकृत बिक्रेतामार्फत आफ्नो सञ्जाल विस्तार गरेको छ।
कम्पनीले हाल नेपालभर १५० भन्दा बढी डेल डिलर र ५० भन्दा बढी एप्पल अधिकृत बिक्रेतामार्फत आफ्नो सञ्जाल विस्तार गरेको छ। एप्पल र डेल बाहेक कम्पनीले ल्यापटप, मोबाइल फोन र अन्य इलेक्ट्रोनिक्स उपकरणको व्यापार गर्दछ। साथै, कम्पनीले बिक्री पछिको सेवा (मर्मत) दिन काठमाडौं उपत्यकामा दुईवटा आधिकारिक एप्पल सेवा केन्द्र समेत सञ्चालन गरिरहेको छ।
कम्पनीले बैंकिङ सुविधा प्रयोजनका लागि रेटिङ गराएको छ। नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा बढी कर्जा सुविधामा क्रेडिट रेटिङ अनिवार्य गरेको छ। जेनेरेसन नेक्स्ट कम्युनिकेसनले एप्पल र डेलका सामान पूर्ण रूपमा विदेशबाट आयात गर्नुपर्ने हुन्छ।यसका लागि ठूलो मात्रामा नगद प्रवाह र बैंक ग्यारेन्टी र प्रतित प्रत्र (एलसी)को आवश्यकता पर्दछ।
कम्पनीले आफ्नो व्यापार विस्तार र एप्पलका सामग्रीको आयातका लागि कार्यशील पुँजीको आवश्यकता बढेपछि सन् २०२६ को नयाँ रेटिङमार्फत आफ्नो ऋण सीमा बढाएर २ अर्ब ३७ करोड ९० लाख रुपैयाँ पुर्याएको हो। सन् २०२३ सम्म कम्पनीको १ अर्ब ८६ करोड ३० लाख रुपैयाँ कर्जा सीमा थियो। पछिल्लो रेटिङले कर्जा सिमा २६.८६ प्रतिशतले अर्थात् ४९ करोड ९७ लाख रुपैयाँले थप भएको छ। उक्त रकम कम्पनीले बैंक ज्ञारेन्टी र प्रतित प्रत्र प्रयोजनका लागि थप गराएको हो।
कम्पनीको पछिल्लो वित्तीय प्रदर्शनमा आएको सुधार र व्यापार विस्तारका कारण इन्फोमेरिक्सले यसको अल्पकालीन रेटिङमा अपग्रेड गरेको छ। इन्फोमेरिक्सले कम्पनीको अल्पकालीन कर्जामा ‘एथ्रि’ र दीर्घकालीन कर्जाका लागि ‘त्रिपल बि माइनस’ रेटिङ दिएको छ।
आर्थिक वर्ष २०२५ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफाको अवस्था पनि सुधारोन्मुख छ।
जेनेरेसन नेक्स्टको व्यवसाय मुख्यतया वैदेशिक आयातमा आधारित छ। एप्पल र डेल जस्ता बहुराष्ट्रिय ब्राण्डका सामग्री आयात गर्न कम्पनीलाई ठूलो मात्रामा कार्यशिल पुँजी आवश्यक पर्दछ। रिपोर्टका अनुसार, आयातका लागि प्रतित पत्र खोल्न र सामान स्टक राख्नका लागि कम्पनीले बैंक वित्तीय संस्थाबाट ऋण लिन लागेको हो।
आर्थिक वर्ष २०२५ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफाको अवस्था पनि सुधारोन्मुख छ। कम्पनीको नाफा मार्जिन (इबिआईटिडिए) ५.५२ प्रतिशत र खुद नाफा मार्जिन ३.२३ प्रतिशत रहेको छ। कम्पनीको इन्ट्रेस्ट कभरेज रेसियो ३.८४ गुणा रहेको छ, जसले ऋणको ब्याज तिर्न सक्ने क्षमता बलियो रहेको देखाउँछ।
कम्पनीको मुख्य सबल पक्षमा नेपालमा एप्पल र डेलका उत्पादनको उच्च ब्राण्ड भ्यालु र निरन्तर बढ्दो माग कम्पनीका लागि ठूलो अवसर हो। यद्यपि, व्यापार बढे पनि कम्पनीका सामु केही चुनौती पनि रहेका छन्। कम्पनीको कुल राजस्वमा एप्पल ब्राण्डको हिस्सा आर्थिक वर्ष २०२३ मा ५० प्रतिशत रहेकोमा २०२५ सम्म आइपुग्दा बढेर ९७ प्रतिशत पुगेको छ।
यसले एउटै ब्राण्डमाथिको निर्भरता उच्च रहेको देखाउँछ। एप्पल र डेलसँग कम्पनीको ‘नन–एक्सक्लुसिभ’ सम्झौता छ, जसका कारण भविष्यमा आपूर्तिकर्ताले सर्तहरू परिवर्तन गरेमा व्यवसायमा असर पर्न सक्छ। साथै, कम्पनीले व्यापार सामग्री डलरमा आयात गरी नेपाली रुपैयाँमा बिक्री गर्नुपर्ने हुँदा डलरको भएमा हुने उतारचढावले कम्पनीको नाफामा असर पुर्याउन सक्छ।