काठमाडौं। लागू औषध तस्करीलाई संरक्षण गरेको भन्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई धरपकड गरी पक्रउ गरेसँगै चीनले तुरुन्तै रिहा गर्न माग गरेको छ।
भेनेजुएलाका राष्ट्रपति दम्पतीलाई हाल अमेरिकी हिरासतमा राखिएको छ। अमेरिकी सेनाले उनीहरूलाई भेनेजुएलाको राजधानी काराकासबाट पक्राउ गरी अमेरिका पुर्याएको थियो।
चिनियाँ विदेश मन्त्रालयले आइतबार एक विज्ञप्तिमा राष्ट्रपतिलाई यसरी आफ्नो देशमा लैजानु गलत भएको भन्दै यो मुद्दा वार्ताबाट समाधान गरिनुपर्ने बताएको छ। चीनले पहिले अमेरिकी कारबाहीप्रति कडा प्रतिक्रिया जनाएको थियो।
यता, अमेरिकाको केन्द्रीय सहर न्यूयोर्कका मेयर जोहरान ममदानीले भेनेजुएलाका राष्ट्रपति मादुरोको गिरफ्तारीप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति असन्तुष्टि जनाएका छन्। उनले यसलाई ुयुद्धको कार्यु भन्दै यो कदमले अन्तर्राष्ट्रिय र अमेरिकी कानुन दुवैको उल्लंघनन गरेको बताए।
अमेरिकी सेनाले जनवरी २ को राति भेनेजुएलामा आक्रमण गरेको थियो। आक्रमणसँगै राष्ट्रपति मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अपहरण गरेका थिए। उनीहरूलाई न्युयोर्क लगेर हिरासत केन्द्रमा राखिएको छ।
अमेरिकी विदेशमन्त्रीको दाबी- मादुरोले जंगली व्यवहार गरे
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाका राष्ट्रपति मादुरोसँग आफूलाई बचाउने धेरै अवसरहरू भएको बताए। तर, उनले जंगली मानिस जस्तो व्यवहार गरेकाले पक्राउ गर्नु परेको बताएका थिए।
रुबियोले भने, 'विवेकी व्यवहार गर्नुको सट्टा मादुरोले लापरवाही मनोवृत्ति अपनाए। उनले परिस्थितिलाई हल्का रूपमा लिए। अमेरिकासँग टकरावको बाटो रोजे।'
-1767526885.jpg)
रुबियोले मादुरोलाई धरपकड गरी पक्राउ गर्ने निर्णय अचानक नभई लामो समयदेखि तयारी भएको खुलासा गरेका छन्।
अमेरिकी नीतिविरुद्ध अमेरिकाभर प्रदर्शन
भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन भइरहेको छ। लस एन्जलसको शहरमा सयौँ मानिसहरू सडकमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले 'भेनेजुएलामा तुरुन्तै बम विष्फोट बन्द गरु र 'तेलको लागि रगत छैन' जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। एक जनाले हस्तलिखित पोस्टर बोकेका थिए। जसमा लेखिएको थियो, 'युद्ध छैन, ट्रम्प छैन।'
भेनेजुएलामा अमेरकी आक्रमणसँगै राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाहिर सयौँ जना भेला भएका थिए। प्रदर्शनकारीले मादुरोलाई भेनेजुएला फिर्ता पठाउन माग गरेका छन्। उनीहरूले मादुरोको कब्जालाई 'अपहरण' भनेर आन्दोलन गरेका छन्।
अमेरिकी कारबाहीको विरोध गर्न शनिबार राति पनि न्यूयोर्क शहरको टाइम्स स्क्वायरमा सयौँ भेला भएका थिए।
विश्वकै सबैभन्दा बढी तेल भण्डार
विश्वमा सबैभन्दा बढी तेल भेनेजुएलामा रहेको छ। यहाँ साउदी अरेबियाभन्दा बढी तेल छ। तर, विगत एक दशकमा भेनेजुएलाले ८० प्रतिशतभन्दा बढीको जीडीपी गुमाएको छ।
-1767526884.jpg)
एक समय विश्वका धनी राष्ट्रहरूमध्येको भेनेजुएलाले आफ्नो सम्पत्ति दुरुपयोग गरिरहँदा जनता बाहिरिने क्रम तीव्र गतिमा भइरहेको छ।
भेनेजुएलामा ३०३ अर्ब ब्यारेल तेल भण्डार रहेको छ। जुन विश्वको सबैभन्दा धेरै हो। यस्तै, साउदी अरबमा २६७ अर्ब ब्यारेल तेल हुँदा इरानमा २०९ अर्ब ब्यारेल तेल भण्डार रहेको छ।
आफ्नो पहिलो कार्यकालमा मादुरोलाई हटाउन चाहन्थे ट्रम्प
पूर्वअमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई हटाउने योजना राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा रचिएको खुलासा गरेका छन्। तर, त्यसबेला यो योजना सफल हुन सकेको थिएन।
बोल्टनका अनुसार त्यतिबेला ट्रम्पले भेनेजुएलाको तेलमा धेरै चासो राखेका थिए। उनको टोली ट्रम्पलाई मादुरोलाई हटाउने विचार गर्न मनाउन सफल भएको थियो। तर, उनलाई लामो समयसम्म त्यसमा केन्द्रित राख्न सकेन।
ट्रम्पको दोस्रो कार्यकालमा विदेशमन्त्री र कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोले ट्रम्पलाई मादुरोलाई कारबाही गर्न मनाउन सफल भएको बोल्टनको बताएका छन्।
-1767526886.jpg)
-1767526886.JPG)