काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा निरन्तर भइरहेको विकास र विस्तारले मानिसको दिनचर्या छरितो, सहज र व्यवस्थितपार्नुका साथै रोमाञ्चक बनाउँदै आएको छ । हस्पिटालिटी र यात्रा क्षेत्रमा पनि प्रविधिको प्रयोग बरदान नै साबित भएको छ।
नेपालको फस्टाउँदो हस्पिटालिटी क्षेत्रमा यतिबेला उच्चतम सूचना प्रविधिको अधिकतम उपयोग अपरिहार्य झैं भइसकेको छ। जसलाई मध्येनजर गरी नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने प्रयत्नहरू भइरहेका छन्। यही सन्दर्भमा आज नेपाल केन्द्रित भई ईबुकिङ नेपाल डट कमके औपचारिक सुरुआत भएको छ।
डिजिटल यात्रा तथा सेवा बुकिङ प्रणालीलाई अझैं बढी उपभोक्तामैत्री बनाउने उद्देश्यका साथ संचालनमा ल्याइएको यो सेवाले नेपाली हस्पिटालिटी क्षेत्रमा एउटा अर्थपूर्ण मानक सिद्ध हुने विश्वास लिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसहित पर्यटन/प्रविधि/अर्थलगायत विविध क्षेत्रका सरोकारवाला विशिष्ट व्यक्तित्व तथा पत्रकार उपस्थित भएका थिए।
ईबुकिङ नेपालमार्फत प्रदान गरिने सेवाहरू, यसको उद्देश्य तथा भविष्यका योजनाबारे विस्तृत जानकारी दिने ध्येयका साथ आज कार्यक्रम भएको हो। यो सेवाबाट होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखिएको छ।
यो सेवा लिनका लागि आईओएस तथा एन्ड्रोएट दुवै प्लेटफर्म प्रयोग गर्न सकिनेछ। प्रयोगकर्ताहरूले आईफोनको एप्पल एप स्टोर तथा गुगल प्लेस्टोरमार्फत एप डाउनलोड गरी सहज रूपमा सेवा लिन सक्ने छन्।