काठमाडौं। कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) उपलब्ध गराउने भएको छ।
बैंकले अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थी र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीलाई सोध कार्य गर्न अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ।
बैंकिङ र अर्थतन्त्रसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यका लागि एफफिल गर्दै गरेका दुई जना सोधकर्ता विद्यार्थीलाई जनही १ लाखका दरले र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साइन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गदै गरेका ४ जना सोधकर्ता विद्यार्थीलाई बैंकिङ, अर्थतन्त्र र सुचना तथा प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यका लागि जनही ५० हजारका दरले अनुसन्धान अनुदान प्रदान गर्नेछ।
अनुदान प्राप्त गर्न सम्बन्धित कलेजको सिफारिस सहित १४ मार्च २०२६ भित्र बैंकसमक्ष प्रस्तावना पेस गर्नुपर्नेछ। सम्बन्धित विषयका विज्ञसमेत रहेको छनोट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थीको छनोट गर्नेछ।
विद्यार्थीले गर्ने सोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्यांकमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ।
उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए।
राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने शोध, अनुसन्धान कार्य गर्न संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट फेलोसिप÷रिसर्च ग्रान्ट उपलब्ध गराउन सक्ने व्यवस्था गरेसँगै बैंकले अनुसन्धान अनुदान उपलब्ध गराउने भएको हो।