काठमाडौं। लोकतान्त्रिक भनिने नेपाली कांग्रेसभित्रको विवाद अन्नतः निर्वाचन आयोग पुगेको छ। वर्षौंदेखि राज्य दोहन र पार्टी कब्जा गर्दै आएको कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पुस २७ देखि भृकुटीमण्डपमा चलेको विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ।
देउवा समूहमा हाम फालेका शेखर कोइराला, मीनबहादुर विश्वकर्मा, देउवा निकट खम्बबहादुर खाती, किशोरसिंह राठोरलगायतका नेताहरुले महाधिवेशन प्रतिनिधिको मतलाई दुत्कार्दै आयोग पुगेर पदाधिकारीसमेतलाई धम्काएका छन्।
देवा कार्यकालमा प्रचार विभाग प्रमुख रहेका विश्वकर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने निर्णय पार्टीले नगरेको भन्दै पार्टी प्रतिनिधिको मतलाई मान्यता नदिइने खुलेयाम घोषणा गरेका छन्।
विश्वकर्माले काठमाडौं जिल्ला सभापतिको सभापतित्वमा भएकाले बरु त्यो काठमाडौं जिल्ला अधिवेशन हुन सक्ने भनेर कटाक्ष गर्न भ्याए। उनले भने, ‘उहाँहरूले भनेको विशेष महाधिवेशनको सभापतित्व कसले गर्यो? केन्द्रीय सभापति, कार्यवाहक सभापति, उपसभापति, महामन्त्रीद्वयले नभए केन्द्रीय सदस्यले गर्नुभयो? काठमाडौं जिल्लाका सभापतिले गरेपछि सम्भवतः त्यो काठमाडौं जिल्लाको अधिवेशन हुन सक्छ।’ यसरी विश्वकर्माले विशेष महाधिवेशनको मतलाई तिरस्कार गरेका छन्।
यस्तै अन्तिम समय देउवा समूहमा हाम फालेका नेता शेखर संगो केन्द्रीय सदस्य आफूहरुमा रहेकाले केही चोइटिएर गएकालाई वैधानिकता नदिन आयोगलाई खबरदारी गरेका छन्।
नेता कोइरालाले आयोगका पदाधिकारीसँग भने, ’सिंगो केन्द्रीय समिति र सदस्य यहाँ छन्, गगन÷विश्वप्रकाशलगायत कारबाही गरियो। ऋरु केही चोइटिएर गए होलान्।’ कोइरालाले विशेष महाधिवेशनका पक्षमा गरिएका हस्ताक्षर फिर्ताको निस्सा आफूहरूसँग रहेको पनि बताए। ’विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ,’ कोइरालाले भने।
आयोगले विधि र पद्धति हेरिने भनेपछि कोइरालाले देउवा कांग्रेस हेर्न घुमाउरो पारामा दबाबसमेत दिएको देखियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको दाबी गरेका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ मा खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर अहिले ६४ प्रतिशत पुगेको छ।
कार्यवाहक सभापति खड्काले गगन, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर त्यसलगत्तै निर्वाचन आयोगमा जानकारी गराइएको पनि बताएका थिए।
’गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीले ५ वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिसकेको र त्यसको जानकारी आयोगलाई पठाइसकिएको छ,’ उनले भने।
भृकुटीमण्डपको महाधिवेशनबाट गगन नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिसकेको छ। विशेष महाधिवेशनको सभापतित्व काठमाडौं सभापति सबुज बानियाँले गरेका थिए।