काठमाडौं। नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न १० कम्पनीको आवेदन स्वीकृत भएको छ। गत कात्तिक १६ मा पहिलोपटक ४५ दिने म्याद दिएर टेन्डर आह्वान गरिए पनि प्रस्ताव नपरेपछि पुस ३० आवेदन म्याद थपिएको थियो।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालन गर्न कुमार श्रेष्ठ निर्माण सेवा, अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालि (केएसएनएस–अल्टिनोक–बीसीपीएल) जेभी, सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट र स्वच्छन्द निर्माण सेवाको जेभी सेग्मेन्टल–स्वच्छन्द, काष्ठमण्डप कन्स्ट्रक्सन र गान्सु हेङतोङ रोड एन्ड ब्रिज इन्जिनियरिङ कम्पनी (जेभी) काष्ठमण्डप–गान्सु हेङतोङले आवेदन दिएका छन्।
यस्तै, एसएक्सआरबी–ब्राइट बुल जेभी (सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन र ब्राइट बुल निर्माण सेवा), जेटीसीजी–दान्फे जेभी (जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी र दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि), बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स संयुक्त उपक्रम (बावरी कन्स्ट्रक्सन प्रालि र टनलटेक सोलुसन्स), ईएमएसएल–पीएससीपीएल जेभीले आवेदन दिएका छन्।
आयोजनाका अनुसार ईएमएसएल–पीएससीपीएल जेभी (एल्सामेक्स मर्मत सेवा र पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालि), समानान्तर–सीएफएचईसी जेभी (समानान्तर निर्माण सेवा र चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी), युजिन–एआरटी जेभी (चोङछिङ युजिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी र एआरटी कन्स्ट्रक्सन), वेदान्सी–रांकेन संयुक्त उपक्रम (वेदान्सी इन्फ्रास्ट्रक्चर र रांकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी) रहेको आयोजनाका इन्जिनियर सन्जय पन्थीले जानकारी दिए।
एक महिनाभित्र सुरुङमार्ग सञ्चालन आवेदन दिएका कम्पनीको मूल्यांकन गरेर छनोट गरिने उनको भनाइ छ।