काठमाडौं। स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय सहर भैरहवास्थित सिद्धार्थ विलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
द सोल्टी काठमाडौं, ¥याडिसन होटल, रोयल टुलिप काठमाडौं, रोयल टुलिप चितवन, माउन्टेन ग्लोरी पोखरालगायत देशका विभिन्न प्रतिष्ठित होटलमा सेवा विस्तार गरिसकेको ट्रान्क्युलिटी स्पाले लुम्बिनीमा उपस्थिति बनाएको हो।
ट्रान्क्युलिटी स्पा नेपालीहरुमा मात्र होइन, विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकबीच पनि उत्तिकै लोकप्रिय छ। साथै, मलेसियामा सञ्चालनमा रहेको यसको शाखाले पनि उत्कृष्ट सेवा प्रदान गर्दै त्यहाँका ग्राहकको मन जित्न सफल भएको छ।
शान्ति र वेलनेस एकै सिक्काका दुई पाटा जस्तै हुन् त्यसैले ‘लुम्बिनीको प्रवेशद्वार’ भनेर चिनिने भैरहवामा स्थापना गरिएको यो सुविधासम्पन्न स्पा तथा वेलनेस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकलाई मनको शान्ति र शरीरिक आराम प्रदान गर्ने उद्देश्यसहित गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।
नयाँ शाखामा विभिन्न प्रकारका हाइड्रो थर्मल थेरापी, सैलुन सेवा, स्विमिङ, जिम, परम्परागत नेपाली मसाज उपचारलगायत समग्र वेलनेसका सेवा उपलब्ध छ।
स्पा व्यवसाय तथा नयाँ शाखाबारेमा ट्रान्क्युलिटी स्पाका अध्यक्ष भुवन फैजुले भने, ‘ट्रान्क्युलिटी स्पा पारिवारिक स्पा तथा वेलनेस ब्रान्ड हो। हरेक व्यक्तिका लागि स्पा तथा वेलनेस भनेको आधारभूत आवश्यक्ता हो। त्यसैले हामीले स्थापनाकालदेखि नै नेपालमा स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै आएका छौं।’
कार्यकारी निर्देशक सुरेश पुरीले काठमाडौँ बाहिर पनि गुणस्तरीय वेलनेस सेवा विस्तार गर्ने संस्थाको दीर्घकालीन लक्ष्यअनुसार यो कदम चालिएको बताए। उनका अनुसार प्रमुख पर्यटकीय तथा आतिथ्य क्षेत्रहरूमा स्पा सेवाको पहुँच विस्तार गर्नु कम्पनीको प्राथमिकता रहेको छ।
कम्पनीले हाल नेपालभर १८ बढी शाखामार्फत सेवा सञ्चालन गर्दै आएको छ र २५० भन्दा बढी युवाहरुलाई रोजगारी अवसर दिएको छ।