काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन आज देशभर उम्मेद्वारी दर्ता भएको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँगै बनेको अन्तरिम सरकारले चुनाव गर्ने तयारी गरेसँगै राज्यका सबै निकाय चुनावमा व्यस्त भएका छन्। दलहरूले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले देशभरका १६५ वटा चुनावी क्षेत्रका निर्वाचन कार्यालयबाट साँझ ५ बजेसम्म उम्मेद्वारी दर्ता गर्ने व्यवस्था गरेको छ। आगामी निर्वाचनमा पूर्वअर्थमन्त्रीहरूले पनि आफ्नो उम्मेद्वारहरु दिएका छन्।
आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका पूर्वअर्थमन्त्री बाबुराम भट्टराई प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट गोरखा २ बाट उम्मेद्वारी दिएका छन्। उनी २०६४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा नौ महिना अर्थमन्त्रीको रुपमा काम गरेका थिए।
गत निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका भट्टराईले आफ्नै बोलीलाई लत्याउँदै यस पटक उम्मेद्वारी दिएका हुन्। गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फच उनले पछिल्लो राजनीतिक परिस्थितीसँगै जनाताको अनुरोधलाई स्वीकारेर उम्मेद्वारी दिएको बताएका थिए।
अर्का पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे उम्मेद्वार लागि नै सिफारिस हुन सकेनन्। वैचारिक नेताको रुपमा आफूलाई स्थापित गर्न सफल भएका उनी २०६५ सालमा माधव नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए।
यस पटक उनी पार्टीको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बनेको प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका थिए।
पाण्डेको निर्वाचन क्षेत्र चितवन-१ भए पनि उनी छनोट हुन नसकेका हुन्। यसअघि उनी चितवन-१ बाट दुई पटक (२०७० र २०७४) निर्वाचित भएका थिए। यस पटक उनी पार्टीको महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बनेको प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका थिए। सोही रिसका कारण उनी सिफारिसमै नपरेको टिप्पणी हुँदै आएको छ।
यो निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट उठ्ने भएका छन्। उनी पहिलोपटक २०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए। यस समयमा उनले १८ महिना अर्थ मन्त्रालयको नेतृत्व गरे पनि बजेट ल्याउन पाएका थिएनन्। उनी प्रचण्ड नेतृत्वको पार्टी सरकारमा जाँदा पटक-पटक अर्थमन्त्री बन्दै आएका छन्।
त्यसपछिका पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला राजनीतिका पृष्ठभूमिका नभएकाले निर्वाचनमा उठ्ने छैनन्। उनी पूर्वप्रधानन्यायाधीश खिलाराज रेग्मको अन्तरिम चुनावी मन्त्रिपरिषदमा मन्त्री बनेका थिए।
यस्तै, एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पटक-पटक अर्थमन्त्री बनेर अर्थ मन्त्रालयको बागडोर समाल्ने नेता हुन्। उनी पहिलो पटक २०७२ मा अर्थमन्त्री बनेका थिए।
यसअघिको निर्वाचनमा रुपन्देही-२ बाट चुनाव लड्दै आएका पौडेल यस पटक पाल्पा-२ मा पुगेका थिए। तर, अन्तिममा आफ्नै चुनावी क्षेत्र रुपन्देही-२ बाट चुनावी प्रतिस्पर्धामा जुटेका छन्।
राजनीतिदेखि तस्करीसम्मका चतुर खेलाडीका रुपमा परिचित पूर्वअर्थमन्त्री कृष्ण बहादुर महरा यो पटक चुनावी प्रतिस्पर्धामा छैनन्। उनी २०७० सालको निर्वाचमा उनी रोल्पाबाट निर्वाचित भई २०७३ सालमा उपप्रधान तथा अर्थमन्त्री बनेका थिए। यसबाहेक उनी पटक-पटक सांसदसँगै मन्त्री हुँदै सभामुखसमेत बनेका थिए।
अर्का पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरी-४ बाट विजयी हुँदै आए पनि यो पटक उनी उम्मेद्वार बनेका छैनन्। यही पुस अन्तिमतिर भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चुनिएपछि उनले टिकट पाउन सकस भएको हो। उनी देउवा पक्षमा थिए।
दाइ विजयी हुँदै आएको स्थानमा भाइ प्रकाशशरण प्रतिस्पर्धा गर्न लागेका हुन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा २०७६ मा पहिलो पटक अर्थमन्त्री बनेको डा. युवराज खतिवडा पटक-पटक लाभदायी पदमा मनोनित हुँदै आएका छन्। उनले अहिलेसम्म प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भएका छैनन्।
राष्ट्रियसभा सदस्य हुँदै अर्थ मन्त्रालय सम्हालेका खतिवडाले राष्टियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गरेपछि राजीनामा दिएका थिए। लगत्तै उनले थप ६ महिनाका लागि अर्थ मन्त्रीका रुपमा तत्काली एमालेको सरकारले नियुक्त भएका थिए।
यस्तै, प्रचण्ड नेतृत्वको पार्टीबाट अर्थमन्त्रीसहित विभिन्न शक्तिशाली मन्त्रालय सम्हालेका जनार्दन शर्मा रुकुम पश्चिमबाट चुनाव लड्ने भएका छन्। यसअघिका निर्वाचनमा उनी सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए।
शर्मापछि अर्थमन्त्री बनेका डा. प्रकाशशरण महत पहिलो पटक चुनावी मैदानमा नुवाकोट-१ बाट उठेका छन्। उनका दाइ रामशरण महत सोही क्षेत्रबाट निर्वाचन उठ्दै आएका थिए। दाइ विजयी हुँदै आएको स्थानमा भाइ प्रकाशशरण प्रतिस्पर्धा गर्न लागेका हुन्।
अर्का पूर्वअर्थमन्त्री डा. रामशरण सक्रिय राजनीतिबाट बिदा भएको लामो समय भएको छ। उनी घातक रोगको सिकार भएसँगै आराम गरिरहेका छन्।