काठमाडौं। गौरीशंकर च्छोरोल्पा मिडियाको सातौं वार्षिकोत्सव अवसरमा कला, साहित्य, पत्रकारिता, सामाजिक सेवा, पर्यटन तथा राष्ट्रसेवामा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको छ।
उत्सव अवसरमा क्यापिटलकर्मी तथा पत्रकार सुवास योञ्जनलाई च्छोरोल्पा पत्रकार सम्मान २०८२ बाट सम्मानित गरिएको हो। पत्रकारितामार्फत सत्य, तथ्य र जिम्मेवार सूचना प्रवाहमा निरन्तर सक्रिय योञ्जनको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी च्छोरोल्पा सामाजिक अभियन्ता सम्मान २०८२ शंकर जोशी, च्छोरोल्पा सामाजिक सेवा सम्मान २०८२ शिवराम थपलिया, च्छोरोल्पा राष्ट्रसेवा सम्मान २०८२ सहायक रथी (अ.प्रा.) रामचन्द्र कार्की, च्छोरोल्पा सर्वश्री कला सम्मान २०८२ कलाकार लक्ष्मी श्रेष्ठ तथा च्छोरोल्पा पत्रकारिता सम्मान २०८२ नेपाल पत्रकार महासंघका सचिव रमेश खतिवडालाई प्रदान गरिएको छ।
यसैगरी लाइफटाइम फोटो जर्नालिज्म च्छोरोल्पा अचिभमेन्ट २०८२ बाट पत्रकार जीवन लामालाई सम्मान गरिएको छ। जिल्लाको विकासमा योगदान पु¥याएको कदरस्वरुप जिल्ला विकास समिति दोलखाका पूर्वसभापति रुद्रबहादुर खड्कालाई धन्यवादपत्र प्रदान गरिएको थियो।
कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ समाजसेवी एवं गीतकार शोभित उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। गौरीशंकर च्छोरोल्पा मिडियाका सञ्चालक प्रबिन प्रसाद थपलियाका अनुसार, सम्मानित व्यक्तित्वको समर्पण, इमानदारी र सेवाभाव समाजका लागि प्रेरणादायी रहेको छ।
स्थापनाकालदेखि नै गौरीशंकर च्छोरोल्पा मिडियाले वार्षिकोत्सव अवसरमा सामाजिक तथा रचनात्मक अभियानमार्फत समाजमा सकारात्मक योगदान गर्दै आएको छ।